साईलीलाई टक्कर दिंदै पोखराकी माइली, हेर्नुहोस् भिडियो

म्यूजिक खबर
प्रकाशित: ५ जेष्ठ २०७४, शुक्रबार

जेठ ५, काठमाडौं । नायक सुसान्त कार्की पोखराकी माईलीसंग मोहनी जालमा परेका छन् । दिनानुदिन आउने गीत संगीत भन्दा फरक बनेर आएको पोखराकी माईली गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सालिग्राम इटानीको निर्माणमा भएको यो गीत मुकेश रसाईलीकै शब्द, संगीत र स्वरमा तयार भएको हो । निर्माता सालिग्राम इटानी पेशाले एक बिजनेस मेन हुन् तर अब छिटै नेपाली सिनेमा पनि निर्माण गर्ने उनले बताएका छन् ।Pokharaki-Maili- Anu Shah

आफुलाई सानै देखि कलाकारिता मन पर्ने भएकाले अब यही क्षेत्रमा केहि गर्ने विचारमा छु भन्छन् निर्माता सालिग्राम इटानी ।

सिन्धुलीको रमणीय दृष्यसंगै नायक सुसान्त र नायिका अनुको जोडदार अभिनय रहेको यस मुजिक भिडियो सृजन बरालको निर्देशन रेशम दर्नालको छायांकनसंगै प्रदिप दाहालको सम्पादनमा तयार भएको यस भिडियो निकै राम्रो बनेको देख्न पाइन्छ ।

फरक शैलीको यस गीत नेपाली दर्शक श्रोताले मन पराउने कुरामा दुई मत नहोला किनकि युट्युब मार्फत सार्बजनिक गरेको करिब पन्ध्र घन्टामै २५००० पटक भन्दा माथि हेरिएको छ ।

हेर्नुहोस् भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु