मोनिका लिम्बूको गीति एल्बम ‘सायद’

म्यूजिक खबर
प्रकाशित: २७ भाद्र २०७०, बिहीबार

काठमाडौं । मिस युके नेपालकी फस्र्ट रनरअप मोनिका लिम्बूको अर्को पनि परिचय थपिएको छ । ‘मिस युके नेपाल–२०१०’ मा फस्र्ट रनरअपको उपाधि जितेसँगै मोडलका रूपमा चिनिँदै आएकी मोनिकाले गीति एल्बम ‘सायद’ लिएर आएकी छन् । यससँगै मोनिका गायिकाको लिस्टमा समेत परेकी छन् ।
मोनिकाको पहिलो एकल एल्बमका रूपमा प्रस्तुत ‘सायद’ शनिबार राजधानीमा एक समारोहबीच संगीतकार शम्भुजित बास्कोटा, संगीतकार सुरेश अधिकारी, प्रहरी नायब उपरीक्षक गणेश राईलगायतले सार्वजनिक गरेका थिए । करिब चार वर्षयता लन्डन बस्दै आएकी मोनिकाले कार्यक्रममा एल्बमका दुईवटा गीत पनि सुनाइन् । उनको स्वर र गायनशैलीले उपस्थित दर्शकदीर्घा मन्त्रमुग्ध भएका थिए । भन्दै थिए, ‘राम्रै गाउँदिरहिछ ।’ सानैदेखि गाउने रहर पालेकी मोनिका एल्बम सार्वजनिकपछि खुसी देखिइन् ।
विमोचित एल्बममा चारवटा गीत समावेश छन् । सायद, अचम्मै लाग्यो, दुई दिनको जीवन र मसँगजस्ता गीत सगृहीत एल्बममा न्हू बज्राचार्य र धीरज राई तथा गायिकाकै शब्द÷संगीत रहेको छ । एल्बमलाई एक्सन इन्टरटेनमेन्टले श्रोतामाझ ल्याएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु