सारिकालाई ‘कान्छी आइलभयु’ भन्दै तारा

म्यूजिक खबर
प्रकाशित: ७ जेष्ठ २०७४, आईतवार
जेठ ७, काठमाडौं । दर्जनौ चलचित्रबाट दर्शकको मन मस्तिकमा राज गर्न सफल नायिका सारिका घिमिरे म्युजिक भिडियोहरुमा पनि त्यतिकै ब्यस्त रहेकी छन् । हरेक हप्ता जस्तो उनले अभिनय गरेका कुनै न कुनै म्युजिक भिडियो सार्वजनिक भइरहेका हुन्छन् । यस्तैमा उनको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा गायक ताराबीर पाण्डेले नायिका सारिका घिमिरेलाई …कान्छि कान्छि कान्छि आइलभ यु….’ भनेका छन् ।
sarika
गायक तथा सङ्गीतकार ताराबीर पाण्डेको स्वरमा रहेको गीत ‘कान्छी आई लभ यु….’मा नायिका सारिका घिमिरेलाई उनले यस्तो भनेका हुन् । गीत युटुयव मार्फत सार्वजनिक भएको हो । म्युजिक भिडियोमा पियुस शम्शेर कुवँरले सारिकासँग अभिनय गरेका छन् । जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई तुलसी बाँस्कोटाले निर्देशन र सम्पादन गरेका हुन् भने टंक बुढाथोकीको ऐरेञ्ज र जीवन कटुवालको कोरियोग्राफी रहेको छ ।
Sarika-Ghimire
योदिन एमएल सम्बाहाम्फेको शब्द तथा सङ्गीतमा तयार भएको भिडियोमा सारिका, पियुसशम्शेर कुवँरसँगै जिवन कटुवाल र सुरज शर्माले भिडियोमा कम्मर मर्काएका छन् । डान्सीङ बिटमा रहेको उक्त चुलबुले गीतले चर्चा पाउँने कुरामा आफु ढुक्क रहेको गायक पाण्डेले बताए ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु