सिंहलाई छिन्नलता पुरस्कार

म्यूजिक खबर
प्रकाशित: २५ असार २०७१, बुधबार

काठमाडौं, २५ असार । लामो समयदेखि संगीत क्षेत्रमा क्रियाशील रहँदै नेपाली गीतसंगीतको क्षेत्रलाई उच्च बनाउन सफल रहेका संगीतकार राजु सिंहलाई छिन्नलता पुरस्कारबाट सम्मानित गरिएको छ । वरिष्ठ गीतकार श्रीमती रमोलादेवी शाह ‘छिन्नलता’को  ९२ औं जन्मजयन्तीको अवसर पारेर आयोजना गरिएको ३२ औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा सिंहलाई संगीततर्फको छिन्नलता पुरस्कार प्रदान गरिएको हो ।
त्यस्तै गीतकारतर्फको छिन्नलता पुरस्कार भने डा.रामविक्रम सिजापतिलाई प्रदान गरिएको छ । गायकतर्फका उदय सोताङ र नवगायिकातर्फ रजिना रिमाललाई छिन्नलता पुरस्कार प्रदान गरिएको छ भने विशेष सम्मानबाट भारती उपाध्यायलाई पुरस्कृत गरिएको छ । छिन्नलता पुरस्कार गुठीको प्रागंणमा सम्पन्न उक्त कार्यक्रममा उपराष्ट्रपति परमानन्द झाको हातबाट उक्त पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा छिन्नलताको शब्दमा रहेको गीतलाई गायिका निशा देशारले गाएर सुनाएकी थिइन् । म्यूजिक खबर डटकम संगीतकार सिंहलगायत पुरस्कृत सबैमा हार्दिक बधाई ज्ञापन गर्दछ ।
10446554_10153178023686029_6999482039415741038_n

 

10392271_559026107535155_1422506927542427217_n

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु