‘सिन्धुलीको बाटोमा’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १ असार २०७५, शुक्रबार

१ असार, काठमाडौ । लोक गायक बुद्ध खत्रीको ‘सिन्धुली’बाटोमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक बुद्ध खत्री र गायिका बर्षा कार्कीको आवाज रहेको छ । सिन्धुलीको जिल्लाको सेरोफेरोलाई गीतमा समेटिएको छ ।


सिन्धुलीको जिल्लामा जन्मिएका गायक बुद्ध खत्रीले गढीदरबारलाई गीतमा प्राथमिकतामा राखेका छन् । सञ्चारकर्मी रामचन्द्र श्रेष्ठको शब्द रचना रहेको गीतमा रंगकर्मी ÷ पत्रकार भोला अधिकारीको संगीत (लय) रहेको छ । दुइ दर्जन म्युजिक भिडियोमा अभिनय गरेका भोला पछिल्लो समय संगीत तिर नि लागेका छन् । यस म्युजिक भिडियोमा शिसिर,पबी, प्रकाश,आरती लगायतले अभिनय गरेका छन् ।

संगीत संगीत संयोजन केबी भण्डारीले गरेका छन् । नुत्य निर्देशन नेपाली बाबु सुमनले गरेका छन् भने क्यामेरा प्रकाश बुढाथोकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु