सिरियाली सरकारले आफ्नै देशका नागरिकमाथी ग¥यो यस्तो कायरतापूर्ण आक्रमण !

म्यूजिक खबर
प्रकाशित: १४ फाल्गुन २०७४, सोमबार

काठमाडौं ।अमेरिका र रुसको सहयोग पाएको सीरिया सरकारले आफ्नै देशको विद्रोही प्रभावित क्षेत्रमा रासायनिक हतियारबाट आक्रमण गर्दा ५ सय बढिले ज्यान गुमाएका छन् । युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सीरिया सरकारले एक सातादेखि निरन्तर विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला गरिरहेको छ । हमलामा क्लोरिन जस्ता रासायनिक हतियारको पनि प्रयोग पनि गरिएको छ ।

विद्रोही नियन्त्रित क्षेत्र गुटामा निरन्तर हवाई र रासायनिक आक्रमण गर्दा बालबालिका बढि प्रभावित बनेका छन् । एकसतामा पाँच सय बढिको ज्यान गइसकेको छ । बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार यहाँ एउटा नर्क जस्तो अबस्था सिर्जना भएको छ । सीरियामा सात वर्षदेखि सरकार पक्ष र विद्रोही संगठन जैश अल इस्लामबीच युद्ध भइरहेको छ । रुस सरकारको सहयोगमा सीरिया सरकारले कायरतापूर्ण आक्रमण गरेपछि विश्वभर आलोचना भइहरेको छ भने संयुक्त राष्टसंघ मुख दर्शक बनेको छ ।

सीरियामा पछिल्लो हमला सुरक्षा परिषदमा ३० दिनको संघर्षविरामको प्रस्ताव पारित भएको केही घण्टापछि सरकारी पक्षले आक्रमण थालेको हो । आक्रमणमा परेकी बालबालिका तस्विरहरु यतिबेला विश्वभर फाइरल भइरहेका छन् । – एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु