सुगम सङ्गीत यात्रा… हिमालयन रिडर्स कर्नरमा !

म्यूजिक खबर
प्रकाशित: ६ जेष्ठ २०७५, आईतवार

जेठ ६ , पोखरा । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको ३५ औँ शृङ्खला शनिबार पोखराको न्युरोडस्थित हिमालयन रिडर्स कर्नरमा सम्पन्न भएको छ ।

 

त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालको अध्यक्षतामा भएको कार्यव्रmमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी च्याप्टरका अध्यक्ष गीतकार दुर्गाबहादुर शाह ‘बाबा’ले गीत÷सङ्गीत सर्वव्यापी रहेको बताउनुभयो । उहाँले मनको भावना व्यक्त गर्नका लागि गीत सङ्गीत एउटा महत्त्वपूर्ण माध्यम भएको भन्दै नेपाली सङ्गीतको प्रबद्र्धनमा सुगम सङ्गीत यात्राले विशिष्ट महत्त्व राख्ने धारणा राख्नुभयो ।

 

अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालन र सचिव रुपिन्द्र प्रभावीको स्वागतमा भएको कार्यव्रmममा सङ्गीतकार श्यामलाल श्रेष्ठ र नायक ताराबहादुर गुरुङले सुगम सङ्गीत यात्रा पोखराको एक विशिष्ट साङ्गीतिक अभियान भएको बताउनुभयो ।

 

अनुपम म्युजिक, जे. ई. म्युजिक एकेडेमी र त्रिवेणी सङ्गीतालयको संयुक्त आयोजनामा हरेक महिना विभिन्न ठाउँमा हुँदै आएको यात्राको सो शृङ्खलामा रामभक्त जोजिजू, श्रीमान थुल्ुङ, देशभक्तसिंह कुँवर, कृतिका धरेल, अविषा श्रेष्ठ, पल्लवी भट्टराई, उमेश राई, प्रमिला बराल, सन्तोष पराजुली, कमला थापा, समीक्षा गौतम, सन्दिप राई, युनित लामा, उपेश थापा, नैना घलेलगायतले आफ्ना साङ्गीतिक प्रस्तुति राखेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु