सुबासको हर्ट सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: १० बैशाख २०७४, आईतवार

बैशाख १०, काठमाडौं । गायक सुवास उप्रेतीको नेपाली एल्बम ‘हर्ट’ सार्वजनिक भएको छ । काठमान्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बममा समावेश ‘आज किन’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको हो । बलिउडमा समेत ख्याति कमाउन सफल गायक उप्रेतीको सार्वजनिक गीतलाई सागर राजको निर्देशनमा तयार पारिएको छ । जहाँ मायालु जोडीको सिम्पल लभलाई देखाइएको छ । भिडियोमा मोडल निरिशा बस्नेत र गायक उप्रेती आफै फिचारिङ भएका छन् । सागर राजले निर्देशन गरेका म्युजीक भिडीयोहरु ’ पानी पर्यो , चुम्बक लगायतका गीतहरु चर्चित छन् ।

suba11

नेदरल्याण्डको ब्रदर युनाइटेडले निर्माण गरेको यो गीत सुवासको पहिलो नेपाली गीत हो ।सुवासले बलिउडमा छ सय भन्दा बढी गीत रेकर्ड गर्नुका साथै २०० ठुला स्टेज कार्यक्रमहरु गरिसकेका छन् । सिन्धुलीमा छायाँकन गरिएको भिडीयोमा अनिल के मानन्धरको छायांकन , सुप्रिम पराजुलीको सम्पादन तथा कलर देख्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु