सुरेन्द्र महर्जन”अमर”को रचनामा जिन्दगीको यथार्थता झल्काउने गीत सार्वजनिक !

म्यूजिक खबर
प्रकाशित: १ माघ २०७४, सोमबार

माघ १, काठमाडौं । जिन्दगीको बारेमा लेखिएको सुखदुःख, मान्छेका जिन्दगीमा घट्ने घटना आदि समेटिएको गीत “जिन्दगी हो आँसु हाँसो” बोलको गीत सार्वजनिक भएको छ । गायिका रिमा गुरुङ होडाको सुन्दर सुमधुर आवाजमा सजिएको संगीतकार अविदको संगीतमा कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को रचनाको यस गीतले यथार्थमा जिन्दगीको बारेमा बोल्न खोज्दै छ ।

राइजिङ्ग क्रियटिभ मिडियाको प्रस्तुति यस गीतमा सुरज बस्नेत, प्रतीक्षा र नृत्य जगतमा छुट्टै पहिचान बनाइ सकेकी रुबिना श्रेष्ठको सुन्दर र मार्मिक अभिनय रहेको गीतको म्युजिक भिडियो प्रदिप खड्काको निर्देशनमा तयार भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु