स्कारलेट जेल्डा फिट्जगेराल्डको भूमिकामा

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७३, आईतवार

scarlett-johansson-jpg

हलिउड अभिनेत्री स्कारलेट जोनसन अमेरिकी सोसलिस्ट तथा उपन्यासकार जेल्डा फिट्जगेराल्डको भूमिकामा देखिने भएकी छन् । स्मरणीय कुरा, जेल्डा १९३० को दशकमा आफ्नो सेमी अटोबायोग्राफी र आफ्नो लेखक पति एफ.स्कोट फिट्जगेराल्डको सम्बन्धका कारण चर्चामा आएकी थिइन् । ४८ वर्षको उमेरमा जेल्डाको निधन भएको थियो । उनी र उनको पति एफ. स्कोट ‘मोस्ट आइकनिक कपल’ मानिएको थियो । जेल्टामाथि आधारित यस फिल्मको नाम ‘द ब्यूटिफुल एण्ड ड्याम्ड’ रहेको छ । यसलाई स्टूडियो मिलेनियम फिल्म्सले निर्माण गर्न लागेको हो । एजेन्सी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु