‘स्पाइडर वुमेन’ पनि बन्दै

म्यूजिक खबर
प्रकाशित: २३ श्रावण २०७१, शुक्रबार

लस एन्जलस, (एजेन्सी) । फिल्म ‘स्पाइडर मेन’ त सबैलाई थाहा भएकै हो । हलिउडमा ‘स्पाइडर मेन’ सिरिज हिट भएपछि अब ‘स्पाइडर वुमेन’ पनि बन्ने भएको छ । समाचारमा जनाइएअनुसार केही समययता फिल्म ‘स्पाइडर वुमेन’ बन्ने योजना भइरहेको छ र सन् २०१७ सम्ममा दर्शकले हेर्न पाउने छन् ।
सोनी पिक्चर्सले ‘स्पाडर वुमेन’ को सिरिज बनाउन लागेको हो । त्यसका लागि उसले कामसमेत सुरु गरिसकेको छ । यस सिरिजमा महिला ‘सुपरहीरोइन’ हुनेछिन्, जसका लागि अभिनेत्रीको खोजी भइरहेको जनाइएको छ ।
सन् २०१७ मा प्रदर्शनमा आउने भनिएको यस सिरजिबारे ‘द अमेजिङ ः स्पाइडर मेन’ का निर्देशक मार्क वेबले यसअघि नै सोचेको बताए । उनले भने, ‘मैले यसबारे पहिल्यै सोचेको हुँ । स्पाइडर वुमेन पनि सफल हुनसक्छ ।’ उनले फिल्म दर्शकको रुचिकर बन्ने दावीसमेत गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु