स्वरमा मिठाससँगै ग्ल्यामर्स भए सुनमा सुगन्ध

म्यूजिक खबर
प्रकाशित: १७ आश्विन २०७०, बिहीबार

सहिमा श्रेष्ठ, गायिका
गायिका सहिमा श्रेष्ठ पछिल्लो समय नेपाली सुगम संगीतमा उज्जल भविष्य लिएर सांगीतिक क्षेत्रमा देखिएकी छन् । पाश्र्वगायनदेखि आधुनिकसम्म उनको दिनदिनै दबदबा बढ्दै छ । तीन वर्षअघि ‘सहिमा’ आधुनिक एल्बममार्फत गायन करिअर प्रारम्भ गरेकी सहिमा भन्छिन्, ‘सुगमसंगीतमै पहिचान बनाउने लक्ष्य लिएकी छु । मेरो उद्देश्य भनेकै गायनमा स्टार हुने हो ।’ अहिले दोस्रो एल्बम ‘मस्ती’ को प्रमोसनमा व्यस्त रहेकी सहिमासँग गरिएको कुराकानीको मुख्य अंश ः
दिनचर्या कसरी बितिरहेको छ ?
– रेकडिङ र कार्यक्रममै व्यस्त छु साथै, दोस्रो एल्बम ‘मस्ती’ को प्रमोसनमा जुटेकी छु ।
‘मस्ती’ कस्तो एल्बम हो ?
– ‘मोस्ती’ मा सबै प्रकारका गीत समेटेकी छु । एल्बमको शीर्षक गीतचाहिँ स्टेज पर्फमेन्सका लागि डान्सिङ बिटमा गाएको छु । अन्य गीत आधुनिक फ्लेभरकै छन् ।
छोटो समयमै सांगीतिक क्षेत्रमा पाएको यो सफलतालाई लिएर के भन्नुहुन्छ ?
अवश्य पनि म खुसी छु । तर, अझै पनि सोचजस्तो गर्न सकेकी छैन । सुरुदेखि नै मैले संगीतमै करिअर बनाउन सपना बोकेर आएको हुँ । मेरो एउटै संकल्प गायनबाटै स्टारडम बनाउनु हो ।
सांगीतिक करिअर सुरु गर्दै ‘स्टारडम’ बनाउने संकल्प र सोच कसरी आयो ?
– सुरुमा मेरा गायनमा कुनै लक्ष्य थिएन । न सानोमा गायिका बन्ने सोच नै थियो । गाउनचाहिँ सानैदखि गाउँथे । मेरो दिदी मधुको प्रेरणाले नै गायनमा आएकी हुँ । उहाँले गायन रियालिटी शो ‘खोजी प्रतिभाको’ मा सहभागी हुन उक्साउनु भयो । दिदीकै प्रेरणा र हौसलाले प्रतियोगितामा भाग लिएँ । त्यसपछि दिदीको इच्छा पूरा गर्नलाई पनि मैले गायन क्षेत्रमा एकदिन ‘कुसल गायिका’ बन्छु भन्ने संकल्प गरेकी हुँ । अहिले पनि त्यही संकल्प लिएर अगाडि बढिरहेकी छु ।
यहाँसम्म आइपुग्दा गायनबाट के पाउनुभयो ?
नाम, दर्शक र श्रोताको माया पाइरहेकी छु । यो नै मेरा लागि ठूलो कुरा हो । गायन अँगालेको पनि नामकै लागि हो । पहिला नाम त्यसपछि मात्र मलाई दाम चाहिएको छ ।
आफ्नो प्रेरणाको स्रोत कसलाई मान्नुहुन्छ ?
मेरी दिदी मधुलाई । सायद उहाँको हौसला र प्रेरणा नभएको भए आज यो स्थानमा हुनेथिइन । त्यसपछि मलाई माया, हौसला र प्रेरणा दिने सम्पूर्ण श्रोता÷ दर्शकलाई श्रेय दिन्छु ।

sahima
गायन क्षेत्रमा नभएको भए के बन्नु हुन्थ्योहोला ?
विजनेश वुमेन, किनकी सबैले मलाई व्यापार गर्नुपर्छ भन्थे । मेरा दिदीहरु पनि व्यापार गर्नुहुन्छ । घरपरिवार सबै व्यापारमै संलग्न हुनुहन्छ ।
गायिका ग्ल्यामरस हुन आवश्यक छ कि छैन ?
गायिकामा हुनहुर्नै पर्ने गुण भनेको स्वर नै हो । त्यसपछि मात्र ग्ल्यामरस र स्टाइलिस्ट चाहिन्छ । मिठो स्वरसँगै ग्ल्यामरस र स्टाइलिस्ट भयो भने सुनमा सुगन्ध हुन्छ ।
गीतमा जीतभन्दा हार किन बढी गाइन्छजस्तो लाग्छ ?
हरेक मानिसमा सुख–दुख हुन्छ तर, सुखले भन्दा दुखले बढी छोएको हुन्छ । त्यसैले पनि दुख र ट्राजिटीका गीत बढी श्रोताले सुनेको हुनुपर्छ । गीत राष्ट्रभावना, मानवीय संवेदना, प्रेम र विछोडका गीत हुन्छन् । तर बढी बिक्ने गीत प्रेम ट्राजिटीकै हो ।
दुनियाँमा प्रेम भन्ने चिज नभएको भए गीत बन्थ्यो बन्दैनथ्यो ?
प्रेम भन्ने चिज नभएको भए यो संसार नै रहँदैनथ्यो । संसार नरहेपछि गीत बन्ने कुरै भएन नि ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु