स्वास्थ्य जाँचमा प्रोडुसर

म्यूजिक खबर
प्रकाशित: १८ पुष २०७०, बिहीबार

काठमाडौं, १८ पुस । प्रदाशोन्मुख चलचित्र ‘प्रोडुसर’ले सरकारी विद्यालयमा पढ्ने बालबालिकको स्वास्थ्य जाँचमा सहयोग पु¥याएको छ ।
आइतवार काठमाडौंको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यामिक विद्यालयमा एनएचसी स्कुल हेल्थ प्रोगामको सहकार्यमा त्यहाँ रहेको विद्यार्थीको स्वास्थ्य जाँच गरेको छ । निर्माता तथा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले कार्यक्रममा चलचित्र र स्वास्थ्यको अन्र्तसम्बन्ध रहेको बताउँदै भने, ‘चलचित्रले पनि रमाइलो प्रदान गरेर स्वस्थ राख्न सहयोग गर्दछ । त्यसैले स्वास्थ्य र चलचित्रको अन्र्तसम्बन्ध छ ।’
सरकारी विद्यालयका विद्यार्थीको स्वास्थ्य चेक जाँचमा सहयोग पु¥याउन पाएको उनले खुसी व्यक्त गरे । कार्यक्रममा चलचित्रका निर्देशक जनकदीप पराजुलीले चलचित्रको विदेश प्रदर्शनबाट प्राप्त हुने कुल रकममध्ये १० प्रतिशत समाजसेवामा लगानी गर्ने जानकारी दिए ।
नेपाल कम्युनिटी हेल्थ एन्ड सोसियल सभिर्स सेन्टर (एनसिएचसी) को संयोजकत्वमा चलत्रि ‘प्रोडुसर’ र दावली मिलन केन्द्रले संयुक्त रुपमा अयोजना गरेको हेल्थ क्याम्पमा नोबेल मेडिकल क्लेजकी डाइरेक्टर डा. लोचन कार्कीको संयोजकत्वमा रहेका डाक्टर टोलीले बिद्यार्थीको स्वास्थ्य जाँच गरेका थिए । कार्यक्रममा करिब डेढ सय विद्याथीले लाभ लिएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु