‘हावाको चिसो झोकाले’ हान्यो प्रताप दास र ससिकालाई (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ९ बैशाख २०७५, आईतवार

९ बैशाख, काठमाडौं । पछिल्लो समय नेपाल आइडल र चलचित्र पाश्र्व गायनबाट चर्चामा रहेका नेपाल आइडलका सेकेन्ड रनरअप गायक प्रताप दास र गायिका ससिका राईको स्वरमा ‘हावाको चिसो झोकाले’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा ‘नेपाली तारा सिजन–३’ का फस्ट रनरअप समेत रहेका गायक देबेश राईको संगीत तथा एरेन्ज रहेको छ । गीतमा इन्दु तामाङको शब्द रहेको छ ।

‘हावाको चिसो झोकाले’ बोलको गीतको भिडियोमा गायक प्रताप र गायिका ससिका फिचरिङ छन् । भिडियोलाई विशाल राईले खिचेका हुन्, भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । गीतको भिडियो विशाल चौतारी मिडियाबाट सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतको बारेमा बोल्दै गायक प्रतापले भने –‘गीत एकदमै उत्कृष्ट बनेको छ जस्तो लाग्छ, किनभने गीत रेकर्ड भइरहेको समयमा आउनु भएका अग्रजहरुले धेरै राम्रो रेस्पोस्स दिनु भएको थियो, गायक प्रतापले बताए ।
त्यस्तै यस गीतका संगीतकार तथा एरेन्जर देबेशले गीत उत्कृष्ट बनाउन सबै टिमले प्रयास गरेको बताए । देबेशले भने –‘यो गीत धेरै पहिला नै संगीत गरेको थियो, यो गीत प्रतापको लागी भनेरै राखेको तर नेपाल आइडलमा गएका कारण रेकर्ड गर्न ढिला भएको थियो । तर ढिला भएपनि प्रताप र ससिका दुबैले राम्रो गाएको कारण गीत राम्रो बनेको छ’, देबेशले बताए ।
भिडियो हेर्नुहोस्:

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु