हिमालपारीको जिल्ला मुस्ताङको शान सञ्जिता

म्यूजिक खबर
प्रकाशित: १४ चैत्र २०७४, बुधबार

१४ चैत, काठमाडौं । सञ्जिता सिंजाली, २०१७ की मिस मुस्ताङ हुन् । उनी नर्सिङकी विद्यार्थी हुन्, राम्रो भलिबल खेलाडी पनि हुन् । उमेरले टीनएज भर्खरै पार गर्दै गरेकी सञ्जिता थाक भलिबल संघ मुस्ताङले आयोजना गर्दै आएको ‘मिस मुस्ताङ’को ताज पहिरिन सफल सुन्दरी हुन् । यसको अर्थमा उनी मुस्ताङको शान हुन् भन्दा फरक पर्दैन । उनी अध्ययन गरिरहेकै बेला आयोजना भएको यो मिस मुस्ताङमा जिल्लाका विभिन्न क्लबबाट सहभागी हुनुपर्ने प्रावधान रहेको छ । जस अनुसार उनी निर्मल स्पोर्टिङ क्लबबाट सहभागी भएकी थिइन् । हिमालपारीको जिल्ला मुस्ताङ जनसंख्याका आधारमा पनि सानो रहेकोले यस्ता कार्यक्रमहरुमा सहभागीको संख्यामा पनि बाक्लो उपस्थिति नहुने हुँदा जम्मा ८ जना सुन्दरीहरुबाट उनी ‘मिस मुस्ताङ’ बन्न सफल भएकी थिइन् । उनले मिस मुस्ताङको ताज पहिरिएपछि ताजसँगै दश हजार नगद प्राप्त गरेकी थिइन् ।


उत्कृष्ट ५ मा पर्न सफल हुँदैमा उनीभित्र एउटा खुल्दुली उत्पन्न भएको थियो । भाग लिएर पाँचभित्र परिसकेँ भने अब कसरी ताज पहिरिने होला भन्ने मनमा चिन्ता थियो । तर उनको मनमा भएको खुल्दुलीलाई मिस मुस्ताङको ताज पहिरिएपछि नसोचेको परिणाम हात पारेको महसुस भएको छ । थाक भलिबल संघले सोही बेला मिस मुस्ताङसँगै आयोजना गरेको महिला पुरुष भलिबल प्रतियोगिता र तीर हान्ने प्रतियोगितामा निर्मल स्पोर्टिङ क्बलले जित्न सफल भएको थियो । सबै विजेताहरुलाई लिएर मुस्ताङको गाउँ गाउँ बाजा बजाउँदै खादा माला पहि¥याउँदै हिंड्दा खुशीको सीमा थिएन सञ्जितासँग । कोही कोहीले बाटोमा ‘कुन थकाली हो ?’ भनेर सोध्दा अचम्म लाग्थ्यो । मुस्ताङ भनेको थकालीको बसोबास रहेको ठाउँ त्यहाँ म मगर परिवारबाट मिस मुस्ताङ जित्दा अचम्म पर्नु स्वाभाविक नै थियो । मगरले थकालीको पोशाक लगाएर मिस मुस्ताङको ताज पहिरिएपछि गाउँलेले कुन थकाली भनेर सोध्नु पनि ठीकै जस्तो पनि लाग्यो, उनले त्यो बेलाको अनुभव सुनाइन् ।


थाक भलिबल संघका अध्यक्ष चन्द्रमोहन गौचन र निर्मल स्पोर्टिङ क्बलका अध्यक्ष अमित तुलाचन प्रति उनी सधैं आभारी छन् । प्रत्येक क्लबले एक एक जना प्रतियोगी लैजानु पर्नेमा त्यो भित्र आफू परेकोमा र मिस मुस्ताङको उपाधिसमेत जित्न सफल भएकोमा खुशी व्यक्त गर्दै सधैं अगाडि बढाउन साथ दिने ममी, बाबा र दिदी प्रति पनि कृतज्ञ छिन् सञ्जिता । थासाङ गाउँपालिका लेतेमा ०५५ सालमा जन्मिएकी सञ्जिता एसएलसीपछि पद्मा नर्सिङ होममा अध्ययनरत छिन् । उनको उद्देश्य स्कुल पढ्दै देखि स्वास्थ्यसेवामा लाग्ने नै थियो । उनका ठूलाबाबाका छोरा डक्टर छन्, उनकी दिदी पनि नर्स हुन् त्यसैले उनलाई पनि नर्सिङप्रति रुचि बढेको थियो । पहिला पहिला उनी नर्सिङ पढेर अष्ट्रेलिया जाने सोचमा थिइन् तर मिस मुस्ताङ जितिसकेपछि भने लोकसेवा दिने र यही देशको स्वास्थ्य क्षेत्रमा सेवा गर्ने सोच पलाएको छ ।

 


सञ्जिताले एउटा म्यूजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । मुस्ताङकै विषयवस्तुलाई समावेश गरेर तयार पारिएको म्यूजिक भिडियो ‘हाम्रो मुस्ताङ’ उनले अभिनय गरेकी छन् । पहिलोपटक सुटिङमा क्यामेरा फेस गर्दा उनी निकै नर्भस थिइन् तर पाँच दिनसम्म मुस्ताङकै सेरोफेरोमा सुटिङ गरिसकेपछि कलाकारिता क्षेत्र पनि राम्रै रहेछ भन्ने महसुस भएको उनी बताउँछिन् । भिडियोमा उनलाई अवसर दिने बादल थकालीप्रति पनि कृतज्ञ छिन् सञ्जिता । तर उनको भलिबल र टेनिसप्रति ज्यादै रुचि छ भने कहिलेकाहीँ बहिनीसँगै गाउने गर्छु, उनले भनिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु