१२ बर्षिय गायक निप्पोनको “हे गर्ल”

म्यूजिक खबर
प्रकाशित: १७ पुष २०७४, सोमबार

नेपाली साँगीतिक क्षेत्रमा अंग्रेजी नयाँ बर्ष संगै नयाँ प्रतिभाशाली गायकको आगमन भएको छ। अस्ट्रियामा बसोबास गर्दै आएको १२ बर्षिय निप्पोन लामाले अंग्रेजी नयाँ बर्षको उपलक्षमा नेपाली गीत हे गर्ल सार्वजनिक गरेका हुन्।

निकै नै परिपक्व आवाजमा १२ बर्षिय गायक निप्पोनको गीत कुनै पनि ब्यबसायिक गायकको भन्दा कम सुनिदैन र उनको प्रस्तुति पनि उत्तिकै निखारिएको लाग्छ।

निप्पोनको हे गर्ललाई संगीतकार राहुल प्रधानले म्युजिक भिडियोमा उतारेका छन्। राहुल प्रधानकै म्युजिक एरेन्जमेन्ट रहेको यस गीतलाई भने शेखर च्यान लामाले लेखेका हुन्। निप्पोन यस गीतका गीतकार तथा चर्चित गायक शेखर च्यान लामाको छोरा हुन्।

फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन गरेको यस म्युजिक भिडियोमा लानी तामाङ लगाएतको अभिनय रहेको छ। सुप्रिम पराजुलीले सम्पादन गरेको यस म्युजिक भिदियोलाई जिनियस डिजिटलले बजारमा ल्याएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु