३८ वर्षिय व्यवसायीबाट ६८ वर्षिया अभिनेत्री बलात्कृत !

म्यूजिक खबर
प्रकाशित: ९ चैत्र २०७४, शुक्रबार

चैत्र ९,  मुम्बइ । चर्चित बलिउड अभिनेत्री जीना अमानले एक व्यवसायीमाथि बलात्कारको अभियोग लगाउँदै प्रहरीमा मुद्दा दर्ता गराएकी छिन् । ६८ वर्षकी यी अभिनेत्रीले ३८ वर्षका व्यवसायी अमन खन्नामाथि बलात्कारको अभियोग लगाएकी हुन् ।

जीनाले अमनविरुद्ध हिजो साँझ बलात्कारको मुद्दा दर्ता गराएकी थिइन् । प्रहरीले अमनलाई राती पक्राउ गरेको बताएको छ । मुद्दा मुम्बइको जुहू पुलिस स्टेशनको क्राइम ब्रान्चमा दर्ता गरिएको छ ।

जीनतले यसअघि पनि अमनविरुद्ध आफ्नो पीछा गरेको र धम्क्याएको आरोप लगाइसकेकी छिन् । अमनविरुद्ध यही ३० जनवरीमा जीनतलाई अश्लील म्यासेज पठाएको, उनको घरमा जबरजस्ती प्रवेश गरेको गार्डलाई कुटपिट गरेको आरोपसमेत लागिसकेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु