Kahile Timilai

    [likebtn]

    timrai yadma_1

     

    गीतकार पासाङ तामाङको आधुनिक गीतिसंग्रह तिम्रो यादमा सार्वजनिक भएको छ । मनिपाल राईको एकल संगीत र गीतकार पासाङको एकल शब्द रचनामा रहेको गीतिसंग्रह ‘तिम्रो यादमा’ म्यूजिकखबर डटकमबाट औपचारिक रुपमा सार्वजनिक गरिएको हो ।
    मैले हार्दा के भो प्रिय, कहिले तिमीलाई, भाग्य, कहिले तिमीलाई जस्ता गीतहरु समावेश गरिएको यस एल्बममा अन्जु पन्त, प्रमोद खरेल, अमर राई, सुनिता पन्त जस्ता गायकगायिकाले स्वर दिएका छन् । एसके मिडिया सोलुशनबाट बजारमा आएको यस गीतिसंग्रहको कहिले तिमीलाई बोलको म्यूजिक भिडियो पनि सार्वजनिक भइसकेको छ भने अन्य गीतको म्यूजिक भिडियो बन्ने क्रममा छ ।

    प्रवासमा बसेर घरबासको मायाप्रेमको याद गर्दै अतित सम्झिएका गीतकार पासाङले मनका भावनाहरु गीतमार्फत व्यक्त गरेका छन् । मलेसियाको वैदेशिक रोजगारमा गएका पासाङले व्यस्त जीवनभित्र घरबासको पीडालाई व्यक्त गर्ने माध्यम गीतलाई रोजेका हुन् । उनी राम्रो गीत लेख्न सफल गीतकारका रुपमा परिचित हुने क्रममा छन् । एल्बम सार्वजनिक पछि सबैको माया र सद्भावको खाँचो रहेको बताउँदै सम्पूर्ण संचार क्षेत्र एवं एल्बम तयार पार्नका लागि सहयोग पु¥याउने सम्पूर्णलाई धन्यवाद दिएका छन् । गीतकार पासाङले आगामी दिनमा पनि गीतिलेखनलाई निरन्तरता राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो