सूर्यनाथ र दिपेश कुमारको ‘समाज र भ्रष्टाचारः कारण, आयाम र परिणाम’ आउँदै

    [likebtn]

    g-200x300

    काठमाण्डौ, मङ्सिर २८ । अख्तियारका पूर्व आयुक्त सूर्यनाथ उपाध्याय र अनुसन्धानकर्ता दिपेश कुमार घिमिरेको संयुक्त कृति ‘समाज र भ्रष्टाचारः कारण, आयाम र परिणाम’ नामक पुस्तक सार्वजनिक हुने भएको छ । उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त उपाध्याय हुन भने घिमिरे अनुसन्धानकर्ता हुन ।

    पुस्तकले भ्रष्टाचार व्यक्तिगत लालसाको मात्र उपज नभइ समाजको उपज हो भन्ने बारेमा तर्क गर्ने प्रकाशक सांग्रिला बुक्सद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीअनुसार पुस्तकले भ्रष्टाचार कसरी समाज तथा सामाजिक बनोट र यसको संरचनासँग जोडिएको छ भन्ने बारेमा प्रष्ट पार्ने छ ।

    पाँचवटा परिच्छेद रहेका पुस्तकको पहिलो परिच्छेदमा भ्रष्टाचारको परिभाषा र बुझाई, दोस्रोमा भ्रष्टाचारका कारणहरु, तेस्रोमा भ्रष्टाचारका आयामहरुको व्याख्या, चौंथोमा भ्रष्टाचारका परिणामहरु, पाँचौमा भ्रष्टाचार नियन्त्रणका आधार बारेमा उल्लेख गरिएको बताइएको छ ।
    पुस्तक आगामी अख्तियार दिवसको दिन सार्वजनिक गरिने प्रकाशक सांग्रिलाले जनाएको छ ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो