पौष ११, काठमाण्डौ । गीतकार तथा साहित्यकार रत्नशमशेर थापालाई भूपी शेरचनको ८१औँ जन्मजयन्तीको अवसरमा पोखरामा थकाली सेवा समितिले भूपी काव्य पुरस्कार प्रदान गर्ने भएको छ । नेपाली गीत तथा साहित्यमा पु¥याएको योगदानको कदर गर्दै कवि भूपीका मित्रसमेत रहेका थापालाई पुरस्कारबाट सम्मान गर्न लागिएको प्रतिभा चयन समिति सदस्य तीर्थ श्रेष्ठले जानकारी दिए ।
सम्मानित हुन लागेका गीतकार थापा १९९४ सालमा काठमाडौंको कमलपोखरीमा जन्मिएका हुन् । थापाले १० को दशकमै मुक्तक लेखेका छन् । थुप्रै पुरस्कार तथा सम्मान पाएका थापाका २ गीतिसंग्रह र २ कविता संग्रह प्रकाशित छन् । पुरस्कारको राशी ५० हजार १ रूपैयाँ रहेको छ । पुरस्कारका लागि भूपीकी जेठी श्रीमति ओमकुमारी र कान्छी श्रीमति कान्तिद्वारा अक्षयकोष स्थापना गरिएको छ । थकाली सेवा समिति अध्यक्ष विश्वमोहन गौचन संयोजक, सचिव गोविन्द तुलाचन, श्रीमति ओमकुमारी, साहित्यकार तीर्थ श्रेष्ठ र सरुभक्त सदस्य रहेको प्रतिभा चयन समितिले थापालाई पुरस्कार दिने निर्णय गरेको हो ।
‘गीतकार थापाको कवि भूपिसँग मित्रवत व्यवहार थियो । रत्नशमशेरका गीत गाएर यात्रा थालेका नारायण गोपाल र भूपीको सम्बन्ध नजिक थियो,’ चयन समिति सदस्य श्रेष्ठले भने, ‘थापालाई पुरस्कार प्रदान गर्दा भूपीप्रति सच्चा सम्मान हुनेछ ।’
यसअघि भूपी स्मृति सम्मानका रूपमा प्रदान गरिने पुरस्कारलाई नियमावली निर्माण गर्दै रकम समेत बढाएर पुरस्कारलाई फराकिलो बनाइएको हो । स्मृति सम्मानबाट कवि सरस्वती प्रतीक्षा र मोमिला पुरस्कृत भएका थिए । भूपीको स्मृतिमा थकाली सेवा समितिले पोखरामा पछिल्लो समय बर्सेनि कवि गोष्ठी, २ वर्षको अन्तरमा पुरस्कार प्रदान गर्न थालेको थियो ।
थकाली सेवा समितिसँगै पोखरेली युवा सांस्कृतिक परिवारले पनि कवि भूपीको सम्मानमा कवि गोष्ठी गर्ने गरेको थियो । यस पटक समितिले मात्र गर्ने कवि गोष्ठीमा पोखराका दर्जन कविले कविता वाचन गर्नुका साथै भूपीको चर्चा हुने आयोजकले जानकारी दिएको छ । १९९२ मा जन्मेका भूपीको निधन २०४६ सालमा भएको थियो । भूपीका ‘परिवर्तन’ नाटक संग्रह, ‘नयाँ झ्याउरे’ कविता संग्रह, निर्झर कविता संग्रह र ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता संग्रह प्रकाशित छन् ।
उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???
Shiva Paudelसाफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो
Pramod Kharelबुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!
Subas Regmiसाथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार
Shiva Pariyarहामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो
Pramod Kharel