निस्कन सँधै झै सोही कच्चि सडक खण्डको बाटो हिँड्दै थिएँ । ध्रुवस्थली नेर पुगेपछि अचानक मेरो अाँखा सडकको दायाँ तर्फको दृश्यले रोकियो । मेरा अाँखा अगाडी एउटा बाकस सँगै एउटा मृत कुकुर र अर्को जिउँदो कुकुर (जापनिज स्पिज) थिए । मनमा चसक्क छोयो कसले यसरी छोडेको होला भनेर । ( हुनत त्यस क्षेत्रमा यात्रा गर्ने जो कोहिले पनि यस्ता दृश्यहरु देख्न सक्छन् । गाई तथा तीनका बाच्छाबाच्छीहरु लाई त्यस क्षेत्रमा छोडेर तिनिहरुको कस्तो बिजोग गरिएको छ भनेर साध्यै छैन् । कस्तो होला मानिसको मन, दुध दिउन्जेल मजाले खायो, त्यसपछि ती गौमाता र बाच्छा बाच्छिलाई ल्याएर त्यस क्षेत्रमा छोडिदियो । ) त्यस दिन अफिस जान हतार भएकाले एक छिन् त्यस दृश्य हेरेर म अफिस तर्फ लागेँ ।

dog

 

बेलुकी घर फर्कने क्रममा सहकर्मी साथि जीवन रिजालले मलाई मोटरसाईकलमा छोडिदिन्छु भनेर भने र हामीसँगै सोहिबाटो हुँदै गईरहँदा जुन दृश्य देखेँ त्यसले मलाई निकै भावुक बनायो । अंग्रेजी साहित्यको विद्यार्थी मैले शेक्सपियर, वर्ड्सवर्थ, सेली लगायतका कविताहरुमा पढेका कुराहरु झल्झली याद अायो अर्थात त्यस जिउँदो कुकुर मरेको कुकुरलाई नछाडि वरिपरी घुमिरहेको थियो । कहिले तल , कहिले माथी गर्दै । त्यस कुकुर हिँडेर त अन्त कतै जान सक्थ्यो होला तर अहँ उसको मनले अाफ्नो अाफन्त (मरेको कुकुर ) को लास छाडे कतै जान मानिरहेको थिएन् । दिनभर त्यसबाटो हुँदै कतिले यात्रा गरे होलान तर विचरा त्यस कुकुर माथी कसैको अाँखा गएन् । बाटोभरी त्यहि दृश्यले सम्झिँदै म अाफ्नो कोठामा पुगेँ ।

dog5
भोलीपल्ट बिहान अफिस जान त्यहि बाटो अाईरहँदा फेरी त्यहाँ एकछिन् रोकिएँ । एक छिन् झस्किएँ किनकी हिजोको त्यस जिउँदो कुकुर त्यहाँ थिएन् । कतै गयो होला भन्ठानेँ तर हिँड्दै अलिक अघि बढेको मात्र थिए पुन: त्यस कुकुर मेरो अाँखा अगाडि देखा पर्यो तर एकदमै थकित मुद्रामा एउटा कुना लागेर बसिरहेको रहेछ । यस पछि चाँहि मैले एउटा अठोट नै गरे अाज दिनभरीमा यसलाई उद्दार नगरी हुँदैन् ।
अफिस पुगेपछि मैले केहि सहकर्मीहरुलाई डग्स केयरको बारेमा सोधेँ तर कसैबाट केहि नपाएपछि मैले गुगल सर्च गरेर एक दुई ठाउँमा सम्पर्क गरेँ । सम्पर्क गरिएका केहि ठाउँहरुमा स्थानको अभाव त केहि ठाउँबाट त्यस ठाउँमा अाउन अप्ठ्यारो हुने बुझियो। तर सम्पर्क गरिएका तिनै व्यक्तिहरुबाट Sneha केयरको सम्पर्क नम्बर प्राप्त भयो र त्यहाँ सम्पर्क गरेँ । त्यहाँबाट राम्रै रेस्पोन्स पाएपछि म अलिक खुशि भएँ तर दिउँसो सोहि केयरका सहकर्मीबाट मलाई फोन अाएपश्चात म फेरी अलिक दुखि पनि थिएँ । ( केयरबाट अाएका सहकर्मीले फोन गरेर तपाई त्यस स्थानमा हुनुहुन्न भने हामीलाई कुनचाँहि कुकुर हो भनेर छुट्याउन गार्हो हुन्छ भनेर भन्नुभयो । म अफिसमा काममा नै थिएँ । तर मैले उहाँलाई अनुरोध गर्दै त्यहाँ अरु कुनै पनि कुकुर नभएकाले अप्ठ्यारो नहुने बताएँ । उहाँले हेरौं भन्दै फोन राख्नुभयो )

dog3
बेलुकी घर फर्कने बेला त्यस कुकुरले त केहि खाएको छैन भन्ने कुरा याद अायो र त्यसलाई खुवाउन भनेर बिस्कुट किनेर लिएर गएँ । सो स्थानमा पुगेर कुकुर हेर्छु त दुवै कुकुर (मरेको र जिउँदो ) देख्दिन् । अोहो कसले लगेछ त भनेर सोचेँ । कतै नदेखेपछि अाफ्नो निवासस्थान तर्फ लागेँ अनि उसका लागि किनेको बिस्कुट लगेर कोठमा नै राखेँ । यो सोमबार बेलुकीको कुरा हो । त्यसपछि म मंगलबार पनि सोहि बाटो अफिस जान हिँडे । बाटोभरी त्यसै कुकुरको याद अाईरहेको थियो ।त्यस दिन त्यतिकै बित्यो ।सँधैझैँ बुधबार विहान म उठेपश्चात मोबाईल खोलेर हेरेँ फेसबुक म्यासेन्जरमा म्यासेज तथा लिंक अाएको थियो : त्यस कुकुरको रेस्क्यु गरिएको फोटो तथा केहि म्यासेजको । धेरे खुशि लाग्यो त्यस कुकुरको नयाँ जीवन सुरुवात गरिदिन पाएँ भनेर ।

dog4
उसको लागी भनेर किनेको त्यस बिस्कुट मेरो सिरानी मुनि राखिरहेको छु । अब एक दिन उसलाई भेट्न जानेछु त्यहि बिस्कुट लिएर । उसले मलाई चिन्दैन होला तर पक्कै पनि उ खुशि भएर त्यस बिस्कुट खान्छ होला । अब उ बाँच्ने भनेको त्यस्तै ८-१० वर्ष त होला (कुकुरको अायु १०-१५ वर्ष नै त हुन्छ )। हरेक पल उ खुशि भएर बाँचोस् मैले गर्ने सहयोग यति न हो ।

biscut

 

पत्रकार सिताराम बडालको फेसबूकबाट…

Leave a Reply

Your email address will not be published. Required fields are marked *