म्यूजिकखबर । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरको पुल्चोकस्थित भाटभटेनीमा आफ्नो तेस्रो शाखा विस्तार गरेको छ । स्टुडियोको चर्चित हाँस्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले उदटन गरेका हुन । स्टुडियो उद्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस–सुन्तली फाउण्डेसनका लागि स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको थियो ।
१७ वर्षदेखि राजधानीमा सञ्चालनमा रहेको लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिला तथा पुरुषले कपाल तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण सेवाहरु लिन सक्नेछन् । बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारिवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए ।
भाटभटेनी स्टोर पुल्चोकको पछाडीतर्फको खुल्ला भागमा आकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई सेवा प्रदान गर्न सक्ने अध्यक्ष ठाकुरले बताए । ललितपुर क्षेत्रका ग्राहकहरुको अत्यधिक मागका कारण यस क्षेत्रमा शाखा संचालनमा ल्याइएको अध्यक्ष ठाकुरले बताए । ‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहक हुन्, मध्यमवर्गदेखि उच्च घरानियासम्मका लागि लक्षित गर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याएका हौं,’ उनले भने ।
सन् १९९६ मा केही नयाँ काम गर्ने सोचका साथ भारतको मुम्बइमा चार वर्ष बसेर बसेर व्यवसायिक दक्षता हासिल गरी नेपाल आएका लक्ष्मी ठाकुर विगत १७ बर्षदेखि यो व्यवसायमा आबद्ध छन् । उनले नेपालको चलचित्र, सांगीतिक क्षेत्रका ख्याती प्राप्त कलाकार तथा प्रख्यात मिडियाकर्मीहरुको कपाल नियमित रुपमा काट्दै आएका छन् । अन्य मुलुकको तुलनामा सौन्दर्य तथा कपाल कटाई व्यवसायिक हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा अझै आक्रामक व्यवसायिक योजना लिएर आउने ठाकुरले बताए ।
महोत्तरी जिल्लामा तेस्रो नमुना एकीकृत मुसहर बस्ती निर्माणमा सक्रिय रहेको धुर्मुस सुन्तली फाण्डेसनलाई नगद सहयोग गर्दै स्टुडियोले सामाजिक उत्तरदायित्व वहन गर्न अरुलाई पनि अपील गरेको छ । सोही क्रममा फाउण्डेसनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि स्टुडियोले गरेको सहयोगको स्वागत गर्दै एकीकृत बस्ती निर्माणमा सहकार्य गर्न सबैलाई आग्रह गरे ।
व्यवसायिक प्रतिष्ठानको चेनका रुपमा स्थापित हुँदै आएको स्टुडियोले तीन शाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।
उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???
Shiva Paudelसाफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो
Pramod Kharelबुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!
Subas Regmiसाथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार
Shiva Pariyarहामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो
Pramod Kharel