मलेसियाको सुवाङमा युनिक सास्कृतिक धमाका हुँदै

    फागुन २९, मलेसिया । मलेसियाको काम्पुङबारु सुवाङस्थित सुवाङजया सहरमा युनिक सांस्कृतिक परिवारको आयोजनामा भब्य प्रथम युनिक सांस्कृतिक धमाका कार्यक्रम हुने भएको छ । युनिक नाम दिएर साङ्गठानिक रुपमा जमात भएका युवाहरुले राष्ट्रियस्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको सांस्कृतिक धमाकाका संयोजक सन्तोस सुनारले जानकारी दिए ।

    uniqe dhamaka Malaysia
    सांस्कृतिक धमकाहरु मलेसियामा पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गएको छ । त्यसैगरि मोडेल आरुशी मगर, बब्बु थापा, सुनितामी परियार लगायत धेरै कलाकारहरुले उक्त कार्यक्रममा धमाकादार प्रस्तुति दिने भएका छन् । त्यस्तै स्थानीय कलाकारहरु सिन्दु तामाङ, कोपिला मगर, हरि बि,सि, सन्दीप थापा, तिलक परियार, रमेश आँसु बिरही, हरि बिसि, एम मगर, सन्जय श्रेष्ठ, प्रवेश बाबू छेत्री राजु बिसि लगायतका अन्य कलाकारहरुको पनि प्रस्तुति रहने अर्का आयोजक हरि बिसिले जानकारी दिए ।

    मलेसिया रहने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरु यही आउदै गरेको मार्च १९ आइतबारका दिनमा हुन गइरहेको प्रथम युनिक सास्कृतिक धमाकामा सरिक भएर विशेष रमाइलो गर्दै बर्ष भरीका दुखलाई भुल्ने र भुलाउने सांगीतिक प्रस्तुतिमा रमाउन सम्पूर्ण मलेसियाबासीको साथ र सहयोग मिल्ने छन भन्ने आशा युनिक धमाका युनिटले लिएको छ । साथै सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई यस प्रथम युनिक सास्कृतिक धमाकामा सामेल भएर साथ सहयोग गर्दै सांगीतिक प्रस्तुतिमा रम्न र रमाउन अनि नाच्न पनि संयोजक सन्तोष सुनारले आग्रह गरे ।

    Facebook comments