तामाङलाई पुर्बमा धरान राम्रो पश्चिममा पोखरा (भिडियो)

    RamJan-Tamang

     

    पुर्वमा धरान राम्रो पश्चिममा पोखरा
    बाचुन्जेलि गरौं रमाईलो मरिलानु के छ र ?

    प्रस्तुत हरफ हुन् गायक राजमान तामाङको स्वरमा सजिएको ‘पुर्वमा धरान राम्रो’ बोलको गीतको स्थायी अंश । म्यूजिक भिडियोमा नेपाली कथानक चलचित्र ‘लुट २ को ‘ठमेल बजार’ बोलको गीतबाट निकै नै चर्चामा रहेकी मोडल एलिसा राई र मोडल निराजन प्रधानको अभिनय रहेको छ । हाइलाइट्स नेपालको युटुबमा सार्वजनिक गरिएको उक्त गीतको लेखन तथा संगीत मिन गुरुङको रहेको छ ।

    Purbama-Dharan-Ramro-pic

     

    कपुरी क मोसन पिक्चर्सको व्यानरमा तयार पारिएको यस भिडियोमा धरान र पोखराको रमाइलो चर्चा मात्र होइन आधा उमेर हाँस खेलमै बित्छ भन्ने चिन्ता समेत व्यक्त गरिएको छ । मनको इच्छा उमेरमै पुरा गर्ने कान्छीसँगको ख्याल ठट्टा पनि भिडियोमा देख्न पाइन्छ । भिडियोलाई उत्सवब दाहालले छायांकन तथा निषान घिमिरेले सम्पादन गरेका हुन् ।

    हेर्नुहोस् भिडियो:

    Facebook comments