रोजेन र स्नेहाले जिते फेस अफ द वल्र्ड नेपालको उपाधि

    [likebtn]

    काठमाडौं—आगामी नोभेम्बर महिनामा बेलायतमा सम्पन्न हुने फेस अफ द वल्र्ड–२०१७ मा नेपालको प्रतिनिधित्व गर्ने दुई मोडल छनोट गरिएको छ । काठमाडौंमा सम्पन्न फेस अफ द वल्र्ड नेपाल–२०१७ मा काठमाडौंका रोजेन सुवेदी तथा महोत्तरीकी स्नेहा जर्घा विजयी भएका हुन् ।

    17200673_1254423394679187_1008481062_o

    उक्त प्रतियोगिताको वर्ष २०१६ को संस्करणमा पियुष कर्णले नेपालको प्रतिनिधित्व गर्दै सेकेण्ड रनर्स अप ईन्टरनेशनल तथा बेस्ट रनवे एवार्ड जितेका थिए । यतिबेला उनी फेस अफ द वल्र्डको नेशनल डाइरेक्टरको रुपमा आवद्ध छन् ।

    चलचित्र अभिनेत्री नम्रता श्रेष्ठ तथा पियुष कर्णद्वारा कोरियोग्राफी गरिएको उक्त प्रतियोगितामा सागर लामा तथा मेघा प्रधानले फस्र्ट रनर्स अपको उपाधि जिते भने रिजन श्रेष्ठ तथा पिंकी जोशीले सेकेण्ड रनर्स अपमा चित्त बुझाए । प्रतियोगितामा फस्र्ट रनर्स अपको उपाधि विजेता सागर तथा मेघाले बर्मिङ्घम फेसन विकमा क्याटवाक गर्ने अवसर प्राप्त गरेका छन् ।

    17274269_1257451677709692_1524775889_n

    एमटिभी स्पिटभिल्लाकी विजेता मिया लाक्रा तथा मिस नेपाल–२००० उषा खड्गीसहितको निर्णायक समुहले विजेताको छनोट गरेको हो । होरिजन मिडिया नेपालले आयोजना गरेको उक्त प्रतियोगितामा स्नेहा जर्घा तथा सागर लामाले बेस्ट ट्यालेन्ट, मेघा प्रधान तथा रोजेन सुबेदीले बेस्ट एडिटोरियल, सागर लामा तथा पिंकी जोशीले बेस्ट डेस, सागर लामाले बेस्ट रनवे, स्नेहा जर्घाले बेस्ट क्याटवाक, ऐश्वर्या शर्माले बेस्ट डिसिप्लिन, निशान्त ठाकुर तथा ऐश्वर्या शर्माले बेस्ट पर्सनालिटी, ख्याती शर्मा तथा रोजेन सुवेदीले बेस्ट हेयर, पियुष गुप्ता तथा मेघा प्रधानले फोटोजेनिक, रिजन श्रेष्ठले बेस्ट फिजिक्स, स्नेहा जर्घाले बेस्ट फिगर, मेघा प्रधानले बेस्ट स्विमसुट तथा पिंकी जोशीले भ्युअर्स च्वाइस एवार्ड जितेका थिए ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो