‘हजारौंको भिडमा’ रमेश र मेलिना

    चैत ५, काठमाण्डौ । गायक रमेश बाँनियाको ‘हजारौंको भिडमा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा उनलाई गायिका मेलिना राईंले साथ दिएकी छिन् ।

    ramesh baniya final

    प्रदिप परियारले लेखेको गीतमा हरि लम्सालले संगीत भरेका छन् । गीतको भिडियोमा रमेश स्वयम्ले मोडलिङ गरेका छन् । भिडियोमा रविना मगरले उनलाई साथ दिएकी छिन् । सुन्दर लावतीले निर्देशन गरेको भिडियोमा अन्तरजार्तिय जोडीको प्रेम देख्न सकिन्छ । सुन्दर लावती र अमिर माओले खिचेको भिडियोलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

    रमेशले यसअघि ‘बाध्यता’ नामको पहिलो एल्बम सार्वजनिक गरिसकेका छन् । उनी अब दोश्रो एल्बम निकाल्ने तयारीमा जुटेको बताउँछन् ।

    भिडियो लिंक

    Facebook comments