लिम्बूको ‘अमृता’ सार्वजनिक

    [likebtn]

    चैत ५, काठमाडौं । गायिका अमृता साम्बाहम्फे लिम्बुको नयाँ एल्बम ‘अमृता’ हङकङमा लोकार्पण गरिएको छ । हङकङस्थित याक एण्ड यति होटलमा सम्पन्न गायिका लिम्बुको एकल गायन कार्यक्रम ‘अमृताज म्युजिकल नाइट’ को अवसर पारेर उक्त एल्बम विमोचन गरिएको हो ।

    Amrita's Amrita album release (3)

    आधा दशकभन्दा बढि अवधिदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहेकी गायिका लिम्बुले ‘अमृता’ एल्बमममा आठ वटा गीतहरु समावेश गरेकी छिन् । पाचथरमा जन्मिएकी यी गायिकाले आफ्नो यो एल्बममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बु, शिखर सन्तोष, हरी लम्साल, बिनोद खम्बु, सुमन राई, ईन्द्र गुरुङ आदि स्थापित संगीतकारद्वारा संगीतवद्ध गीतहरु गाएकी छिन् । एल्बमका ती गीतहरु जानु काम्बाङ लिङ्देन, मुकेश राई, विर्शिका राई, सीता शेरचन, स्वप्लिन लिम्बुले रचना गरेका छन् ।

    Amrita's Amrita album release (2)

    एल्बमका दुई गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । एल्बमको अर्जुन पोखरेलद्वारा संगीतबद्ध पहिलो गीत ‘म त नुमाफुङ पो त…’ को म्युजिक भिडियोमा गायिका लिम्बु आफैंले अभिनय गरेकी छिन् । युगल पोमो लिम्बुद्वारा निर्देशित जानु काम्बाङ लिङ्देनद्वारा रचित उक्त गीतको भिडियोमा गायिका लिम्बुलाई अभिनेता निराजन प्रधानले अभिनयमा साथ दिएका छन् । सुमन राईद्वारा संगीतबद्ध दोस्रो गीत ‘का“डा जस्तै बिझिसक्यो..’ को भिडियोलाई भने जिबि लामाले निर्देश्ँन गरेका हुन् जसमा रोहनी लामा तथा अनिश मगरको अभिनय छ । यो गीतका रचनाकार विर्शिका राई हुन् ।

    Amrita's Amrita album release (4)
    विगत पा“च वर्षदेखि काठमाडौंमा रहेर संगीतको प्रशिक्षण समेत लिइरहेकी गायिका लिम्बुले हालसम्म करिव तीन दर्जन गीतहरु रेकर्ड गरिसकेकी छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’ सहित झन्डै एक दर्जन चलचित्रमा पाश्र्व गायन गरिसकेकी गायिका लिम्बुले नेपालका अधिकांश महोत्सवहरुमा आफ्नो गायनकला प्रस्तुत गरिसकेकी छिन् । सांगीतिक कार्यक्रमको क्रममा कतार तथा हङकङ पुगिसकेकी गायिका लिम्बु सन् २०१४ मा सम्पन्न मिस मंगोलकी प्रतिस्पर्धी समेत हुन् । उक्त प्रतियोगिताको उत्कृष्ट १० सम्म पुग्न सफल लिम्बुले उक्त प्रतियोगितामा बेस्ट स्माइलको अवार्ड समेत जितेकी थिइन् । गायिका लिम्बुले यसअघि गाएको ‘झुम्के माया…’ शीर्षकको गीत यूट्युबमा लोकप्रिय भैरहेको छ ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो