चस्माको पावरसँगै संगीत जवान भएको छ

    राजु सिंहसँग सङ्गीतकारको कथा

    म संगीतकार बन्छु भनेर हिंडेको मान्छे होइन तर मलाई थाहा थियो संगीत र मानवको जीवन भनेको पर्यायबाची हुन्छ । दुःखमा नि संगीत चाहिन्छ, सुखमा नि संगीत चाहिन्छ । मेरो बुबा भगत सिंह संगीतकर्मी भए पनि मेरो उद्देश्यभ ने संगीतकार बन्छु भन्ने थिएन । तर बुबाले त्यो बेलाको परिवेशलाई हेरेर तँ संगीतकार बने पनि शिक्षित संगीतकार बन्नु भन्नुहुन्थ्यो । बुबाले नै भनेझैं म अहिले अध्ययनरत नै छु, एक दुईटा कलेजमा संगीतभन्दा बाहिरको विषय पनि पढाउने गर्छु । तर मलाई लाग्थ्यो म अन्तर्राष्ट्रियस्तरकै संगीत सिकेर आउँछु भन्ने । तर समयले मलाई संगीतकार बनाइदियो त्यसमा सम्पूर्ण स्रोता, मिडियाहरुको हात छ ।

    rajusingh_
    संगीत पनि एउटा शिक्षा हो । शास्त्रीय संगीत भनेको शास्त्रमा रहेर प्रयोग गर्ने संगीत हो । हेरौं न विहानको लागि छुट्टै राग छ भने दिउँसोका लागि छुट्टै राग छ । संगीत र ऋतुको पनि सम्बन्ध छ भने छन्द र संगीतको पनि उस्तै सम्बन्ध छ । नवरसको पनि संगीतसँग राम्रो सम्बन्ध छ । पछिल्लो समय नाच्ने मात्र गीत बने बाँच्ने बनेन् । शब्द चयनको कुरा सबैभन्दा महत्वपूर्ण हो । पछिल्लो समय शब्दलाई प्रधान मानेर संगीत गर्ने संगीतकार एकदमै कम छन् । त्यो हेर्दा मेरो तीन दशकको सांगीतिक यात्रालाई शिक्षाले महत्वपूर्ण भूमिका खेलेको जस्तो लाग्छ । शिक्षाले भौतिक रुपमा भन्दा पनि बौद्धिक रुपमा गहनता बोकेको हुन्छ । संगीतको लागि शिक्षा अपरिहार्य छ । संगीतमा होल्ड गर्नेहरु शिक्षित भएकै कारण चर्चाको शिखरमा हुनुहुन्छ भन्ने मैले बुझेको छु । जस्तो प्रमोद खरेल एमएससी पढेर आउनुभएको हो, टीका भण्डारी लबाट युनिभर्सिटी टप भएर आउनुभयो यी उदाहरण मात्र हो । संगीतलाई सीमित मनोरञ्जनका रुपमा जसले लिन्छ उ त्यसमै रमाउँछ तर संगीतलाई दीर्घकालिन रुपमा लैजाने हो भने अध्ययनको जरुरी छ ।

    मेरो पहिलो संगीत गरेको गीत गीतकार ज्ञानेन्द्र गदालज्यूको हो । म एक दर्जनभन्दा बढी बाजा बजाउन सक्छु । मैले बाजा बजाएको देखेर उहाँले तिमी बाजा मात्र बजाउने होइन राजु अब संगीत पनि गर्नुपर्छ भन्नु भयो । तिमी संगीतकार बनभ नेर उहाँले कहिँ कतै बोलको गीत दिनुभएको थियो । रत्ना बरालजीले गाउनुभयो । त्यो गीत नभएको भए सायद म कुनै बैंकमा जागिर खान्थें होला वा कुनै कलेजमा पढाइरहन्थें होला ।

    raju_singh
    म नेपालको भाग्यमानी संगीतकार हुँ । म पप संगीतबाट संगीतमा भित्रिएको हुँ । प्रतिबिम्व ब्याण्डबाट सांगीतिक करिअरलाई सुरुवात गरेको थिएँ । मैले पप, आधुनिक, लोक, पूर्वीय संगीतलाई राम्रोसँग गर्ने मौका पाएँ । म भर्सटायल म्यूजिक कम्पोजर हुँ । हरेक गीतलाई मैले न्याय दिएर गरेको छु । त्यसैले हरेक गीत मेरो पहिलो गीत हो । संगीत गरेका सबै उत्कृष्ट गीत हुन् मेरा लागि । तर मैले दुईचार वटा गीतलाई भने नाम लिनै पर्छ जसले मेरो जीवनमा टर्निङ प्वाइन्ट बनेर आएका हुन् । जस्तै रित्तो सडकमा, काँडा हो माया, नजरको दोषी बनी, तिमी नभए यहाँ, बादलहरु हो जस्ता दर्जनौं गीतहरुले मेरो नामलाई उचाइमा पु¥याइदिएको छ ।

    म कहिल्यै पनि चेन्ज नहुने व्यक्तिका रुपमा छिमेकमा वा साथीभाइसँग चिनिँदै आएको छु । म पढाइमा पनि अब्बल नै थिएँ । काम गर्दा पनि मेरो लगाव हुन्छ । मैले गरेको काममा म देखिनुपर्छ भन्ने मान्यता मेरो हुन्छ । कुनै संगीत सुन्नेवित्तिकै यो राजु सिंहले गरेको संगीत भनेर छुट्टिएन भने त्यसको अर्थ हुँदैन । त्यसैले पनि म बाल्यकालदेखि नै टोलको प्यारो थिएँ । दर्जनभन्दा बढी बाजा बजाउन त्यतिबेलैदेखि सक्थें । पढाइमा पनि अब्बल, संगीतमा पनि अब्बल देखेपछि छिमेकीहरु भन्नुहुन्थ्यो– ‘यो एउटा सफल व्यक्ति बन्छ ।’ गायक दीप श्रेष्ठले मलाई भन्ने गर्नुहुन्थ्यो – राजुलाई जहिलेदेखि देखेँ सदाबहार देख्छु । फेरी मेरा शुभचिन्तक, स्रोताहरुले त्यो नबुझ्नु आफू मात्रै ठूलो कुरा ग¥यो भनेर किनकी पहिला आफू राम्रो भयो भने संसार राम्रो हुन्छ भन्ने मान्यतामा आफूलाई मैले भर्सटायल बनाउन सकेको हुँ । मेरो संगीतभित्र तपाईंहरुको माया छ र मेरो मेहनत । अहिले पनि मेरो संगीतमा गर्न पाए हुन्थ्यो भन्ने भावी पुस्ता हुनुहुन्छ, त्यसले पनि मलाई झन् संगीतको जवानीमा धकेलिरहेको छ । मेरो चस्माको पावर बढ्दै जाँदा संगीतमा जवानी बढ्दै गएको छ ।

    raju singh
    म सधैं कर्तव्य नभुल्ने मान्छे हुँ । एउटा गीतको शब्दमा धेरै समय डुब्न सकेँ भने कम्पोज बन्न सक्छ । धेरैले भन्ने गर्नुहुन्छ मैले १० मिनेटमै संगीत गरे तर त्यो शक्ति मलाई किन दिनुभएन भगवानले भन्ने लाग्छ । म गीत हेर्दैमा हप्तौं दिन बिताउँछु अनि सोच्छु त्यो गीतमा राजु सिंह देखिन्छ कि देखिँदैन भनेर । म धेरै समय लगाउने संगीतकार हुँ जस्तो लाग्छ । यति भन्दै गर्दा अन्य संगीतकारहरुलाई पनि यो भन्छु कि सस्तो राम्रो गुलियो मिठो एकै ठाउँ हुँदैन । गीतमा क्वालिटी हुनुपर्छ । कति गायक गायिकाहरु हामीले अनुहार नै देख्न पाएका हुँदैनौं तर उहाँहरुका गीतसंगीत हामी सुनेर सिकिरहेका छौं । त्यो कुरा अहिलेका गायकगायिकाहरुले बुझ्न जरुरी छ । जीवनलाई भाग्य र कर्मसँग विश्वास गर्दै सहज बनाउन जान्नु पर्छ । म पनि त्यही बाटोमा छु, स्रोताहरुको माया र विश्वासले यो स्थान पाउन सफल भएको हुँजस्तो लाग्छ ।

    पछिल्लो समय कतिपय संगीतकारलाई एरेन्जर, गायक, गीतकार वा प्रविधिले संगीतकार बनाइदिएको छ । एउटा सफल संगीतकार जो हो उसले स्रोतालाई बोकेर हिंड्नुपर्छ । केही सफल संगीतकार पनि हुनुहुन्छ तर प्रविधिको प्रयोगमा हुने संगीतकार भन्दा शिक्षित बनेर संगीतका ज्ञान लिनु राम्रो हो । पछिल्लो समय धेरै संगीतकर्मी लक्ष्मी र सरस्वतिको द्वन्द्वमा फस्नुभएको छ । वास्तवमा सरस्वतीको भक्तले त्यस्ता कुराबाट विचलित हुन हुन्न । सरस्वतीको पूजा गर्दै जानु लक्ष्मी पनि पछिपछि आइरहेकी हुन्छिन् । स्रोता दर्शकको चाहना, समयको माग भनेर संगीतकार, गीतकारले गीतसंगीतलाई बिगार्न हुँदैन । गीतसंगीतभित्र आफूलाई देख्न सक्नुपर्छ, त्यो नै बाँच्ने गीत बन्छ । संगीत बिगारेर समयलाई दोष दिनेहरुलाई इतिहासले पनि माफी दिँदैन । संगीत भनेको सिकेरै आउनुपर्छ, यसमा खेलाँची गर्ने ठाउँ नै छैन । हामीले अग्रजका गीत सुनेर आफूलाई त्यो ठाउँमा पु¥याउन सक्नुपर्छ । म भावी पुस्ताहरुलाई यो भन्छु कि गीत चल्यो भन्दैमा खुशी नहुनु, खहरेजस्तो उर्लिनु मात्रै सफल होइन सदैव सुनिरहन सक्नुपर्छ स्रोताहरुले । कतिखेर आयो कतिखेर गयो थाहा नै नपाउने गरी गीतसंगीतको निर्माण हुँदा हामी नै बाँच्दैनौं ।

    हामीले जग नै बलियो बनाउनुपर्छ । नेपालमा प्राथमिक शिक्षादेखि नै संगीतको पाठ्यक्रम हुनुपर्छ । बेला बेलामा यो कुरा उठेको पनि तर सिकाउने शिक्षकको अभावमा पाठ्यक्रम बन्न सकेको छैन । धेरै मिटिङ भए तर शिक्षकको अभावका कारण पाठ्यक्रम बन्न सकेको देखियो । अब त्यो अवस्था निर्माण गर्न हामी संगीतकारहरुले संगीतको राम्रो ज्ञान लिँदा हाम्रा सन्तति पनि राम्रा बन्न सक्ने रहेछन् भन्ने सोचेको छु ।
    —सुमन पण्डितसँगको कुराकानीमा आधारित

    Facebook comments