मनिषासँगै बागमती सफाई मिसेस नेपाल आइकनका प्रस्पिर्धीहरु

    [likebtn]

    काठमाडौं । बिबाहित महिलाहरुबिचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल आइकन २०१७ मा सामेल प्रतिस्पर्धी बागमती सफाई अभियानमा जुटेका छन् । आप्mनो संस्थाकै महत्वपूर्ण प्रतियोगिताको रुपमा प्रस्तुत गर्दै आएको एएनपी मिडिया हाउस, ललितपुरले हरेक वर्षभैmँ यस वर्ष पनि आयोजना गर्न लागेको मिसेस नेपाल आइकन–२०१७ मा सहभागी ३३ प्रतियोगिहरुले कुपण्डोल र त्रिपुरेश्वर पुल वरपरको बागमती नदीको सरफाई गरेका हुन् । सरसफाई अभियानमा सहभागी महिलाहरुले अभिनेत्री मनिषा कोइरालालगायतसँगै वागमतीको सरसफाई गरेका थिए ।

    कार्यक्रममा आयोजक एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीका अनुसार बिबाहित महिलाहरुलाई चुलो चौकोमा सिमित नभई उनीहरुको दायरा विस्तार र समाजप्रतिको थप जिम्मेवारीबोधका लागि प्रोत्साहित गर्ने उद्येश्यले चौथो संस्करणको मिसेस नेपाल आइकन–२०१७ आयोजना गर्न लागेको र सामजिक उत्तरदायित्व बहनको सिलसिलामा प्रतिस्पर्धीहरुलाई सरसफाई अभियानमा सहभागी गराएको बताए ।

    manisha koirala

    मिसेस नेपाल आइकन–२०१७ प्रतियोगितामा राजधानीका विभिन्न स्थानमा बस्दै आएका विविध पेशाकर्मी तथा गृहीणीहरु अस्मीता बयलकोटी, सोनु मल्ल खाँण, सुमीना श्रेष्ठ, मीनु पाण्डे, रचना श्रेष्ठ, ममता महर्जन श्रेष्ठ, जयन्ती श्रेष्ठ उप्रेती, पार्वती केसी शाही, दिब्या पौडेल, आरोही बिके दुलाल, सुजना श्रेष्ठ, बीना बराल प्याकुरेल, रमा महर्जन, सबीता पाख्रीन, सनिसा राई गुरुङ, समृद्धी सुब्बा, अन्जना लिम्बु राई, शिल्पा बस्नेत, हिरा बास्तेला, बिमला बिके, सन्ध्या शाही, अप्सरा खड्का अधिकारी, तारा ओली, सुस्मता बुढाथोकी, लक्ष्मी नगरकोटी, सुष्मा बिश्वकर्मा, बर्षा कार्की, सुमीन केसी, अन्जता खाती क्षत्री, संगिता भट्टराई दाहाल, सुभद्रा मैनाली ढुंगेल, सरला केसी, श्रृजना शाक्य, सरीता लामा र सोनी श्रेष्ठ अन्तिम स्पर्धाका लागि छानिएको कार्यक्रम संयोजक शम्भुप्रसाद रेग्मीले जानकारी गराए।

    manisha-koirala
    कोरियोग्राफर अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालनमा हुने प्रतियोगिता आगामी श्रावण ८ गते आइतबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघर सम्पन्न हुनेछ। प्रतियोगितालाई काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगिताका सहभागी महिलाहरुलाई विभिन्न क्षेत्रका विज्ञहरुले प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन तथा स्टेज प्रस्तुतिसम्बन्धि प्रशिक्ष प्रदान गरिईरहेको आयोजक लबबहादुर कार्कीले जानकारी गराए।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो