शान्तिप्रिय, राजनराज, अन्जु र तारालाई बक्स अफिस अवार्ड

    [likebtn]

    असार १९, लण्डन । बेलायतको थर्ड आई कम्पनी र बक्स अफिस इन्टरनेशनल ग्रुपको संयुक्त आयोजनामा गएको शनिवार ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न भएको छ ।  ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’मा संगीत तर्फको अवार्ड गीतकार शान्तिप्रिय, संगीतकार राजनराज शिवाकोटी, गायिका अन्जु पन्त र गायक ताराप्रकाश लिम्बुलाई प्रदान गरिएको छ ।

    फिल्म छक्कापन्जाको ‘देखन चम्पा’ गीतबाट गीतकार एवं रंगपत्रकार शान्तिप्रिय सर्वोत्कृष्ट गीतकार घोषित भए भने छक्का पन्जाकै पुर्व पश्चिम रेल बोलको गीतबाट संगीतकार राजनराज शिवाकोटीलाई सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरियो । त्यस्तै पुर्व पश्चिम रेल गीतबाटै सुमधुर स्वरकी धनि गायिका अन्जु पन्तले सर्वोत्कृष्ट गायिकाको अवार्ड आफ्नो तर्फमा सुरक्षित बनाइन् भने गायक ताराप्रकाश लिम्बु बिर विक्रम फिल्मबाट सर्वोत्कृट गायक घोषित भए ।

    box office-rajan-raj anju-panta-shantipriya

    ‘दशौं बक्स अफिस फिल्म फेयर अवार्ड २०१७’ मा नायक आर्यन सिग्देललाई फिल्म ‘होमवर्क’बाट उत्कृष्ट नायकको अवार्ड दिइयो भने नायिका केकी अधिकारीले फिल्म ‘लभ साशा’बाट उत्कृष्ट नायिकाको अवार्ड उचालिन् ।
    aryan sigdel

    विभिन्न २८ विधामा प्रदान गरिएको अवार्ड समारोहमा नेपालबाट आएका करिश्मा मानन्धर, आर्यन सिग्देल, केकी अधिकारी, योगेश्वर अमात्य, अशिष्मा नकर्मी, वर्षा शिवाकोटी, सुर्विना कार्की, अनुपविक्रम शाही, सलोन बस्नेत, कुशल थापा, नम्रता योगी, शर्मिला बर्देवा, सञ्चारकर्मी सुमन खरेल, श्याम अर्याल र बेलायतमै बस्ने कलाकारहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।
    बलिउडकी लोकप्रिय गायिका संजीवनी र गायक आनन्द कार्कीको सुमधुर संगीतले अवार्ड ग्न्जयमान भएको थियो । विगत लामो समयदेखि बेलायतमा बस्ने बुद्धिजीवी, व्यापारी, समाजसेवी, नेपाली चलतित्र र कला संस्कृतिलाई माया गर्ने दर्शकहरुको अवार्ड समारोहमा सहभागिता रहेको थियो ।

    कस-कसले जिते अवार्ड ? (नामावली सहित)
    संगीत तर्फको अवार्ड
    सर्वोत्कृष्ट गीतकार – शान्तिप्रिय (छक्का पन्जा)
    सर्वोत्कृष्ट संगीतकार – राजनराज शिवाकोटी (छक्का पन्जा)
    सर्वोत्कृष्ट गायिका – अन्जु पन्त (छक्का पन्जा)
    सर्वोत्कृष्ट गायक – ताराप्रकाश लिम्बु (बिर विक्रम)
    फिल्म तर्फको अवार्ड
    सर्वश्रेष्ठ मेक-अप 
    सरोज पाण्डे  – पुरानो डुङ्गा
    सर्वश्रेष्ठ कला निर्देशक
    आशिष दाहाल/कसम नेपाल    – जंगे
    सर्वश्रेष्ठ भेषभूष (ड्रेस डिजाइन्)
    उत्तम बनेपाली  – के म तिम्रो होइन र
    सर्वश्रेष्ठ ध्वनि मिश्रण 
    सुनयमान श्रेष्ठ  – छक्का पञ्जा
    सर्वश्रेष्ठ पाश्र्व संगीत
    शैलेश श्रेष्ठ  – गाजलु
    सर्वश्रेष्ठ कलर करेक्सन 
    राजेन्द्र मोक्तान  – गाजलु
    सर्वश्रेष्ठ भि. एफ. एक्स 
    अनन्त घिमिरे  – द विनर
    सर्वश्रेष्ठ खल-नायक  
    अर्पण थापा  – वीर विक्रम
    सर्वश्रेष्ठ हास्य कलाकार 
    केदार घिमिरे (माग्ने बुढो)  – छक्का पञ्जा
    सर्वश्रेष्ठ बाल कलाकार 
    साइब्रत आचार्य  – छाँया
    सर्वश्रेष्ठ नृत्य निर्देशक
    विक्रम स्वाार  – ठमेल बजार (लुट २)
    सर्वश्रेष्ठ पटकथा 
    दीपकराज गिरी  – छक्का पञ्जा
    सर्वश्रेष्ठ संवाद
    दीपकराज गिरी  – छक्का पञ्जा
    सर्वश्रेष्ठ कथा 
    लक्ष्मण सुवेदी  – लालजोडी
    सर्वश्रेष्ठ सम्पादक
    विपिन मल्ल  – छक्का पञ्जा
    सर्वश्रेष्ठ छायाँकार
    राम कुमार केसी  – वीर विक्रम
    सर्वश्रेष्ठ द्धन्द निर्देशक
    एन. बी. महर्जन  – जय पर्शुराम
    सर्वश्रेष्ठ चरित्र अभिनेता
    माओत्से गुरुङ  – पुरानो डुङ्गा
    सर्वश्रेष्ठ चरित्र अभिनेत्री
    मिथिला शर्मा  – के म तिम्रो होइन र
    सर्वश्रेष्ठ सह-नायक
    सलोन बस्नेत  – गाजलु
    सर्वश्रेष्ठ सह-नायिका
    मेनुका प्रधान – पुरानो डुङ्गा
    सर्वश्रेष्ठ नव-नायिका
    दिया पुन  – वीर विक्रम
    सर्वश्रेष्ठ नव-नायक 
    आर्यन अधिकारी  – के म तिम्रो होइन र
    सर्वश्रेष्ठ नायिका 
    केकी अधिकारी  – लभ साशा
    सर्वश्रेष्ठ नायक 
    आर्यन सिग्देल  – होमवर्क
    सर्वश्रेष्ठ नव-निर्देशक 
    नरेश केसि  – डाइङ क्याण्डल
    सर्वश्रेष्ठ निर्देशक
    मिलन चाम्स  – वीर विक्रम
    सर्वश्रेष्ठ फिल्म
    वीर विक्रम

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो