• गायिका रिता के सी को उत्कृष्ट तिज कोसेली ‘नाच्नमा एक नम्बर’

    असार २६, काठमाडौं । आधुनिक गायिका रिता के सी ले यस बर्षको तिज नजिकिदै गर्दा नाच्नमा एक नम्बर बोलको उत्कृष्ट तिज कोसेली आफ्ना दर्शक श्रोता माँझ ल्याएकी छन् ।

    सोही दर्शक श्रोताले मायाँ गरिदिँदा र आफ्नो गितले सफलता हासिल गरेको हुँदा उनले प्रत्यक बर्षको तिजमा यस्तै रमाइला खालका मौलिक गित हरु ल्याउने कदम अगाडी बढाएकी छन् । साई भिजन प्रा.लि को प्रस्तुती रहेको उक्त नाच्नमा एक नम्बर बोलको मिठासपूर्ण गितको शब्द शरद पाण्डेले सृजना गरेका हुन् ।

    rita-kc

    त्यस्तै संगीत यादव योगीको रहेको छ भने सुदिप सागरले एरेन्जर गरेको गितमा उनै गायिका रिता के सी र निक्कै तिजका गितमा मिठा स्वर दिने गायक सन्दिप न्यौपानेको समधुर आवाजमा स्वरबद्ध भएर नाचम नाचम लाग्ने गित गायिका के सी को आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

    सोही गितको भिडियो तर्फ चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन् । उक्त भिडियोको छायांकन करण चैसिरले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् । साई भिजन प्रा.लि ले नै दृश्य निर्माण गरेको भिडियोको मोडलिङमा उनै गायिका रिता के सी र गायक सन्दिप न्यौपानेले नै छमछमी नाच्दै उत्कृष्ट अभिनय गरेका छन् ।

    Facebook comments