सांस्कृतिक संस्थान राज्यको अनुदानबाट चल्ने संस्थान होइन भन्ने पुष्टि गराउन सक्छु

    [likebtn]

    राजेश थापा, महाप्रबन्धक, सांस्कृतिक संस्थान


    २०४१ सालको नेकपा माले अहिलेको नेकपा एमालेको जनसांस्कृतिक मञ्चमा क्रियाशील भएर विराटनगरबाट नृत्य कलाकार भएर प्रवेश गर्नुभएका राजेश थापा अहिलेको सांस्कृतिक संस्थानका महाप्रबन्धक हुनुहुन्छ । एमालेको जनसांस्कृतिक मञ्चको नगरकमिटी, जिल्ला कमिटि, केन्द्रीय किमिटीको कार्यालय सचिव, दुई–दुई कार्यकाल केन्द्रीय सदस्य, कोषाध्यक्ष, सचिव हुँदै अहिले महासचिव पदमा पुगेपछि महाप्रबन्धक बन्ने अवसर पाउनुभएका थापा लगभग ३० वर्ष सांस्कृतिक क्षेत्रमा क्रियाशील रहँदै आउनुभएको छ । मुलुकको सांस्कृतिक क्षेत्रलाई कहाँसम्म पु¥याउनुपर्छ भन्ने लक्ष्य देखेको हुँदा जिम्मेवारी अनुसार आफ्नो काममा अगाडि बढिरहनुभएका थापा राजनीति जोडिएर आए पनि विशुद्ध कलाकारको संस्थानका रुपमा सांस्कृतिक संस्थान रहेको बताउनुहुन्छ । प्रस्तुत छ म्यूजिकखबरका प्रधान सम्पादक समुन बैरागीले संस्थानका महाप्रबन्धक राजेश थापासँग गरिएको कुराकानीः


    तपाईंको प्रवेशसँगै सांस्कृतिक संस्थानले पनि विकासको गति लियो नि ? कसरी सम्भव भयो ?
    यहाँभन्दा पहिलाका महाप्रबन्धकको पृष्ठभूमि र मेरो पृष्ठभूमिले फरक पारेको हुनसक्छ । खासगरी म असाध्यै लो प्रोफाइलमा बसेर करिब ३० वर्षभन्दा बढी काम गरिसकेको छु । कलाकारहरुकै बीचमा म एउटा व्यवस्थापनको काम गरिरहेको र सांस्कृतिक क्षेत्रलाई नियालिरहेको व्यक्ति हुँ । म सधैं नै सांस्कृतिक क्षेत्रमा नयाँ काम गर्नुपर्छ, सांस्कृतिक क्षेत्रबाट मुलुकले नयाँ उचाइ लिन सक्छ भन्ने अभियन्ता भएकै कारणले पनि यसभन्दा अघिका महाप्रबन्धकभन्दा फरक देखिएको हुनसक्छ । राज्यको विकासमा संस्कृतिकर्मीहरुको दायित्व र भूमिकाको उचित मूल्यांकन हुनुपर्छ, संस्कृतिबाट मुलुकको विकास निर्माणमा योगदान पु¥याउन सकिन्छ भन्ने सोचका कारण म अघि बढेको हुँ ।

    यसको मतलब सांस्कृतिक संस्थान सम्भावना धेरै बोकेको संस्था रहेछ ?
    यहाँ सम्भावना धेरै छ । गैर सांस्कृतिक क्षेत्रका व्यक्तिको प्रवेशसँगै यसले गति लिन नसकेको भन्ने अहिले प्रष्ट भएको छ । म आएको दुई वर्ष पुग्न लाग्यो यहाँ धेरै काम गर्न सफल पनि भइयो । म सांस्कृतिक पृष्ठभूमिबाट नआएको भए सम्भव पनि थिएन । म आएकै दिनदेखि नयाँ नयाँ ढंगबाट काम गरेँ, त्यसले रुप बदलिने क्रममा छ ।

    त्यसो भए कुर्सीका लागि मात्रै उहाँहरुको प्रवेश भएको रहेछ भन्ने बुझ्नुप¥यो होइन त ?
    कुर्सीका निम्ति, जागिर खानका लागि मात्र हो भने यो क्षेत्रमा नआउँदा हुन्छ । वाणिज्य विभाग, आयल निगम लगायतका नाफामुलक क्षेत्रमा जानु भयो भने नाफा पनि हुने कुर्सी वा जागिर पनि हुने हुन्छ । अनुभव वा यो सम्बन्धी ज्ञान नहुनेले सांस्कृतिक संस्थानमा प्रवेश हुँदा यो धरासायी हुन्छ । यहाँ कमाइ हुँदैन, काम धेरै छ । भोलि नयाँ काम गरेर देखाउँछु भन्नेले मात्र यो क्षेत्र रोजेर आउँदा हुन्छ । जागिरे प्रवृत्ति यो क्षेत्रमा टिक्दैन ।

    भनेपछि तपाईंको कार्यकालमा संस्थान भर्तीकेन्द्र बन्दैन ?
    त्यो हुँदैन । हिजोको कुरा गर्ने हो भने ६० प्रतिशत कर्मचारी अवकाश भएर जाँदा पनि यहाँ पदपूर्ति, बढुवा केही हुन सकेको थिएन । अब हामी पदपूर्तिका लागि पनि अगाडि बढेका छौं । रिक्त रहेको पद पूर्ति गरेपछि यो राजनीतिक भर्तीकेन्द्र बन्ने छैन । यो नाच्ने, गाउने, अभिनय गर्नेको संस्था हो राजनीति गर्ने थलो होइन । कलाकारका लागि कुनै न कुनै दिन अवसर पाउनेछन् ।

    तपाईंको प्रवेशपछि के कस्ता प्रगति भएका छन् बताइदिनुस् न ?
    म दुईटा पाटोबाट बताउने प्रयास गर्छु । एउटा आन्तरिक प्रशासनिक सुधारको काम । जहाँ प्रशासनिक रुपमा लथालिंग बनेको थियो । भद्रगोल भएर चलेको यो संस्थान अहिले सिस्टममा चलेको छ । यहाँ रिसेप्सनदेखि आ–आफ्नो जिम्मेवारीका साथ सिस्टममा काम गर्ने वातावरण बनेको छ । हामीले तोकेको जिम्मेवारीअनुसार यदि कसैले काम गर्न सक्दैन भने उसलाई हामी परिवर्तन गरिहाल्छौं । जसले प्रशासनिक क्षेत्रलाई ट्रयाकमा हिंडाउने काम भएको छ ।
    त्यस्तै सांस्कृतिक संस्थान भनेको विशुद्ध कलाकारहरुको संस्था हो तर हिजो यो कलाकारको बन्न सकेको थिएन । कुनै पनि कलाकारले यो संस्थान मेरो हो, हाम्रो हक अधिकारका लागि यसले काम गरेको छ भन्न सकेको थिएन । तर अहिले आएर धेरै कलाकारलाई स्थान दिएका छौं, मञ्च दिएका छौं, सहकार्य गरेर काम गरेका छौं । कलाकारलाई अगाडि बढ्नका लागि बाटो पनि देखाइदिनु पर्छ । कलाकारलाई इन्करेज गर्नका लागि लगानी पनि गरेका छौं, सिड मनी पनि दिएर अघि बढ्न हौसला दिएका छौं र मोभिलाइज पनि गरेका छौं । सांस्कृतिक संस्थानले विभिन्न सांस्कृतिक निजी संघसंस्थाहरुलाई पनि परिचालन गरेका छौं । हिजो संस्थान परिचालित थियो आज संस्थानले परिचालन गर्न सकेको छ ।


    कत्तिको चुनौति झेल्नु प¥यो संस्थानलाई यहाँसम्म ल्याइपुग्दा ?
    चुनौति हुन्छ होला भन्ने लागेको थियो तर त्यस्तो भएन । किनकी संस्थागत म्यानेजमेन्टको कार्य गर्दै यहाँसम्म आइपुगेका कारण सहज रुपमा नै लिएँ मैले । कर्मचारीलाई परिचालन गर्न गाह्रो भएन तर स्रोत र साधनको चुनौति भने जटिल नै छ । हिजो सांस्कृतिक संस्थान राज्यले कहिले बजेट देला र तलब खुवाउँला भन्ने सोचमा थियो भने अहिले हामी कसरी आत्मनिर्भर बनाउने, स्वावलम्बी बनाउने भन्नेमा जुटेका छौं । आफैं आय आर्जन गर्ने र आम्दानीको स्रोत खोज्ने काममा जुटेका छौं । मलाई लाग्छ केही वर्ष अझै म यहाँ बस्न सके भने सांस्कृतिक संस्थान राज्यको अनुदानबाट चल्ने संस्थान होइन भन्ने पुष्टि गराउन सक्छु । स्वावलम्बी, आत्मनिर्भर र सशक्त संस्थान बनाउने मेरो लक्ष्य हो ।

    संस्थानका भोलिका योजना कस्ता छन् ?
    यो दुई वर्ष ट्रयाक निर्माणमा नै बित्यो भने अबका दुई वर्ष आर्थिक समृद्धिको वर्षका रुपमा लिएका छौं । अरुको भर नपरी आफ्नै परिश्रममा रमाउनुपर्छ भन्ने उद्देश्यमा सांस्कृतिक क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनमा हामी जुट्नेछौं ।

    के के गरिरहेको छ अहिले सांस्कृतिक संस्थानले कलाकारको लागि ?
    नयाँ पुस्ताका लागि भन्ने हो प्रशिक्षण कक्षाहरु संचालन भइरहेका छन् । गायन, वाद्यवादन, अभिनय, नृत्यमा कक्षाहरु संचालन गरिरहेका छौं । त्यस्तै क्षमता, प्रतिभा भएका तर आर्थिक कमजोरी भएका कलाकारहरुलाई यहाँ ल्याएर प्रोजेक्सन गरेका छौं । मन्च दिएर, हल दिएर, अवसर दिएर उहाँहरुको कलालाई देखाउने साझा चौतारी बनेका छौं । क्षमता भएका, पौरखी कलाकारहरुका निम्ति सांस्कृतिक संस्थान सहयोगी भएर अगाडि बढ्नेछ । त्यस्तै लोप हुन लागेको गीतसंगीतलाई संरक्षण गर्ने लक्ष्यमा छौं । ८० कटेका कलाकारहरुको लोप हुन लागेका मौलिक गीतसंगीतलाई सांस्कृतिक संस्थानकै स्टुडियो निर्माण गरेर रेकर्ड गराउने योजनामा छौं । हामी आफैंसँग भएका डेढ दुई सय गीतहरुलाई पनि पुनः रेकर्ड गर्ने र बाहिरका गीतसंगीतलाई पनि रेकर्ड गर्न अवसर दिएर आर्थिक उपार्जनतर्फ लाग्नेछौं । त्यस्तै बेलुका नियमित रुपमा सांस्कृतिक कार्यक्र संचालन गर्नेछौं । सामान्य शुल्क तिरेर लोकसंस्कृतिलाई हेर्नका लागि अवसर प्रदान गरेका छौं । जसरी चलचित्र हेर्न हल जानुहुन्छ त्यसैगरी सांस्कृतिक संस्थानको हलमा सामान्य टिकट काटेर आफ्नो देशको मौलिक कला संस्कृतिलाई हेर्न आउनुहोला ।
    त्यस्तै भर्खर निर्वाचन आयोगले मतदाता शिक्षा सम्बन्धी एक सय कार्यक्रम दिएको थियो त्यसबाट पनि केही आर्थिक उपार्जन भयो । त्यस्तै विभिन्न मन्त्रालयबाट निर्माण गरिने सचेतनामूलक सामग्री निर्माणमा हामीले पनि चासो देखाएका छौं पक्कै पनि सहकार्य गरेर संस्थानको आर्थिक उपार्जनमा सहयोग मिल्नेछ । जसले गर्दा संस्थानका कलाकारलाई परिचालन गरेर उहाँहरुको क्षमता अभिबृद्धि आर्थिक अवस्था सुदृढमा भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।

    आगामी असार २० देखि २३ सम्म संस्थानको आयोजनामा हुन लागेको लोकदोहोरी गीत प्रतियोगिता कुन उद्देश्यका साथ आयोजना भएको हो ?
    सांस्कृतिक संस्थानको मूल उद्देश्य भनेकै नेपालका परम्परागत सांस्कृतिक महत्व बोकेका संस्कृतिको संरक्षण गर्नु, प्रबद्र्धन गनर््ु हो । लोक नाच, लोक भजन, लोक गीत, लोक बाजा, लोक नाट जस्ता परम्परागत संस्कृतिको संरक्षण गर्ने उद्देश्यमा यसपाली लोकदोहोरीलाई लिइएको हो । विगत वर्षहरुबाटै यो कामको योजना अघि सारिए पनि प्राविधिक कठिनाइले गर्न सकिएको थिएन । तर यस वर्ष हामीले खुला राष्ट्रव्यापी लोकदोहोरी गीत प्रतियोगिता गरेका हौं । यसमा कुनै पनि कलाकारले भाग लिन सक्नेछन् । प्रथम हुनेका लागि एक लाख, दोस्रोलाई ५० हजार र तेस्रोलाई २५ हजारका साथै सान्तवना पुरस्कारहरुसमेत राखेका छौं । विस्तारै लोकदोहोरीप्रति आकर्षण घटेको हो की भन्ने उद्देश्यले पुनर्ताजगीका लागि यो कार्यक्रम आयोजना गरेका हौं ।


    यसलगत्तै कुनै कार्यक्रम तर्जुमा भएको छ कि ?
    असार २०, २१ र २२ मा दोहोरी गीत प्रतियोगिता गर्दैछौं भने २४, २५, २६ र २७ मा लोकनृत्यमा मानक निर्माण गर्ने गरेर लोकनाच गर्ने आयोजना गरेका छौं । नृत्य सिकाउने गुरुहरुको लागि प्रशिक्षण स्वरुप यो प्रशिक्षण कार्यक्रमको आयोजना गरेका हौं भने साउन १२ गते कल्याण शेरचनको जन्मजयन्तीको अवसर राष्ट्रिय मादल वादनको आयोजना गरेका छौं ।

    हिजो आज र भोलि कसरी अघि बढ्छ सांस्कृतिक संस्थान ?
    पहिला त सांस्कृतिक संस्थान के का लागि भन्ने बुझ्नुपर्छ । मुलुकको मौलिक कला संस्कृतिको विकास, विस्तार र जगेर्ना गर्ने उद्देश्यले यसको स्थापना भएको हो । मुलुकको संस्कृतिसँगै कलाकारहरुलाई पनि अगाडि बढाउने यसको लक्ष्य हो । हामी निजी क्षेत्रका स्रष्टा कलाकारसँग समन्वय गरेर अघि बढ्ने काम गरिरहेका छौं । अब राज्य र निजी क्षेत्र सँगै भएपछि हाम्रो संस्था हो भनेर सबै कलाकार अघि बढ्नु हुनेछ र भोलिका दिनमा यसले अझ उचाइ लिनेछ ।

    अन्त्यमा ?
    सांस्कृतिक संस्थान चाहिँ असाध्यै धेरै स्रोत साधन भएको संस्था होइन । राज्यले पनि स्रोत साधन सम्पन्न बनाएर दिएको संस्थान होइन मात्र राज्यले भवन बनाउन ऋण दिएको हो । अब हामी त्यो ऋण तिर्दै छौं । संस्थान सबै नेपाली कलाकारहरुको साझा चौतारी हो । सबै कलाकारले सांस्कृतिक संस्थान मेरो हो भन्ने दिन आओस् भन्नेमा म लागिरहेको छु ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो