नेशनल पावरन्युज एजुकेशन अवार्ड-२०१७ को उत्कृष्ट १०लाई प्रमाण पत्र वितरण

    [likebtn]

    काठमाडौं । नेपालकै फरक शैलिको पहिलो शैक्षिक अवार्ड नेशनल पावरन्युजले एजुकेशन अवार्ड —२०१७ को उत्कृष्ट १० मा परेका स्कुल तथा कलेजहरुलाइ राजधानीमा एक कार्यक्रमको आयोजना गरी प्रमाण पत्र वितरण गरिएको छ । नेपाल प्रज्ञा भवनमा कमलादीमा एक कार्यक्रमको आयोजना गरि कानुन, न्याय तथा संसदीय व्यवस्था राज्य मन्त्री दिलमान पाख्रिनले उत्कृष्ट १० मा पर्न सफल स्कुल तथा कलेजहरुलाई प्रमाण पत्र वितरण गरेका हुन् । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट १० मा पर्न सफल विभिन्न स्कुल कलेजका प्रिन्सिपल, व्यवस्थापन प्रमुख, प्रतिनिधि एवं विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रममा बोल्दै राज्यमन्त्री पाख्रिनले यस्ता किसिमका कार्यक्रमहरुले स्कुल तथा कलेजहरुको अझ राम्रो गर्न हौसला प्रदान गर्ने बताए । नेशनल पावरन्युजले एजुकेशन अवार्ड जस्तो कार्यक्रमको सुरुवात गरेर नेपाल शैक्षिक संस्थाहरुमा सकारात्मक प्रतिष्पर्धी बनाएको बताए ।कार्यक्रममा बोल्दै हिसानका सचिव रामहरी सिलवाल यस्ता प्रकारको कार्यक्रमले स्कुल तथा कलेजहरुलाइ अझ हौसला प्रदान गर्ने बताए ।

    नेशनल पावरन्युज एजुकेशन अवार्डका अध्यक्ष माधव राज खरेलले आफुहरुले सुरुवात गरेको अवार्ड कार्यक्रमले स्कुल तथा कलेजहरुवीच सकारात्मक प्रतिष्पर्धाको सुरुवात भएको भन्दै यस कार्यक्रमले कसैलाइ उचो र कसैलाइ निचो देखाउन नभएको पनि बताए । पहिलो प्रयासमा अवार्डको लागि दावेदार केही स्कुल तथा कलेजहरु छुटेको भएपनि आगामी संस्करणहरुमा सबैलाइ समेटेर लाने प्रयास गर्ने पनि बताए ।कार्यक्रम निर्देशक समिर लामाले नेपालमा विल्कुलै नयाँ प्रकृतिको अवार्ड कार्यक्रम सुरु गर्न पाएकोमा आफुलाइ ज्यादै खुसी लागेको बताए ।

    कार्यक्रममा वान वे ट्राभल एण्ड टुर्स प्रा।लि। काठमाडौँलाइ सम्मान गरिएको थियो भने सी।वी। माउण्ट फ्रेमिङ प्रा।ली का च्याङवा लामाले नेशनल पावरन्युज एजुकेशन अवार्डलाइ सफलताको शुभ कामना प्रदान गर्दै मायाको चिनो प्रदान गर्नु गरेका थिए ।
    कार्यक्रममा वरिष्ठ शिक्षाविद् हरिहर खरेल, वरिष्ठ पत्रकार भरत बम्जन, नेपाल खाद्य बंैकका प्रमुख कार्यकारी निर्देशक रामराजा श्रेष्ठ, म्युजिक खबर म्युजिक अवार्डका अध्यक्ष सुमन पण्डित ९वैरागी०, नायक श्रीदेव भट्टराई, नायक केदार ढुङ्गाना लगाएतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।कार्यंक्रमलाइ पावर न्युज डटकमका सम्पादक नवराज दुवाडी र सहसम्पादक कमलाकुमारी जोशीले संचालन गरेका थिए भने आयोजक कमिटिका मोतिराज खनाल, राजन थापा, अर्जुन खरेल, मनोज वेल्वासे, पार्वती साउद, जीवन शाही, राजन खरेल, मोहन क्षितिज समेतको सक्रिय उपस्थिती रहेको थियो ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो