कहिं नलेखिएका, नपढिएका एक बाद्यशिल्पी

    [likebtn]
    Tika Bhandari

    टीका भण्डारी, वरिष्ठ संगीतकार तथा गायक

    मादलबादक एबम् लोक गायक तथा संलक कलाकार एकराम श्रेष्ठ, उनले ७ हजारभन्दा बढी गीतमा मादल बजाए, रेडियो नेपालका गीति रेकर्डहरुमा सयौं गीत लोकप्रिय बनाउन मादलका तालहरु गम्काए, थुप्रै लोकगीत पनि गाए, संलन गरे, लोक सङ्गीतको भण्डार बढाउन अमूल्य योगदान दिए, तर आजसम्म उनको कुनै पनि एउटै मात्र सञ्चारमाध्यमले समेत अन्तर्वार्ता त परै जावोस सानु बाइट समेत लिएका छैनन । उनी स्वयम् रेडियो नेपाल जस्तो राष्ट्रिय संचारमाध्यममा काम गर्छन् तर उनका लागि भने सबै रेडियो, टिभी, पत्रपत्रिकाका ढोकाहरु आधा जीवन उकाली लाग्दा समेत सधैं बन्द छन् । उनको गम्भीर मनोभाव बुझेर नै यस पंक्तिकारले उनीसँग प्रत्यक्ष अन्तर्वार्ता लिएर यो आलेख तयार पारेका हुन् ।
    उनी झट्ट हेर्दा अमेरिकन जस्ता लाग्छन् । गोरो छाला, रिस्टपुस्ट गाला निकै स्वस्थ र हँसिला खुशीला नै देखिन्छन् सधैं । तर वास्तविकता बेग्लै छ । न उनी अमेरिकन, मेक्सिकन या अन्य कुनै बिदेशी जातका हुन्, न उनी बाहिर झट्ट देखिए झैं त्यति धेरै स्वस्थ नि छन् । एक दिनको कुरा हो, रेडियो नेपालको आधुनिक सङ्गीत स्टुडियोमा गीत रेकर्डका क्रममा मादल बजाई रहेका थिए । गीत रेकर्ड हेर्न आउने चलन स्टुडियोमा, झट्ट हेर्दा पढेलेखेका झैं लाग्ने एक आगन्तुकले रेकर्डिङ बिश्रामको समयमा उत्सुकताका साथ जिज्ञासा राख्दै अँग्रेजी भाषामा सोधेछन् – हाउ डिड यु नो मादल, यु आर आर प्लेइङ भेरी नाइस्ली । एकराम जिल परेछन् उनको अँग्रेजी सोधनी देखेर, उनले मुस्कुराउँदै जवाफ दिएछन् – तपाईं नेपाली हैन, म पनि तपाईं जस्तै नेपाली हुँ मेरो बाहिरी छाला मात्रै गोरो हो । उनको जवाफ सुनेपछि प्रश्नकर्ता संगीतप्रेमी मित्र पनि जिल खाएछन् ।
    उनको जीवनमा यसखाले घटनाहरु धेरै छन् । बाटो हिंडदा सधैं यो बाटो पैदल हिड्ने यो खैरे कताको रैछ भनेका पनि सुनेका रैछन् उनले, कतिले उनलाई ’ह्वेर यु फ्रम’ भनेर सोधेका पनि रहेछन् ।

    कसरी गोरो बने उनी ?
    सानु बेलामा उनको एउटा आँखाको आँखी भौंमाथि दागहरु आएका थिए । त्यसलाई उनले सुरुमा त्यसलाई सामान्यरुपमा लिए । अरुले पनि त्यसलाई सामान्य नै माने । बि.स. २०४२ सालतिर, सांगीतिक कार्यक्रममा मादल, धिमे, डम्फु लगायतका बाद्यसामग्री बजाउन एक स्टेज कार्यक्रममा जाँदा धरानको स्टेसन नजिकै भानुचोक नजिक गाडी पल्टियो । उनको शरीरका कतिपय भागहरु त्यहि दुर्घटनामा जले । संगैका २ जना साथीहरुको तत्कालै ’स्पट डेथ’ भयो । आगोको ज्वालासँगै हुरिँदै झ्यालबाट हाम्फालेका उनले आफुलाई एकै पटक होसमा आउँदा नारायणी अस्पताल हेटौंडाको आइसीयु बेडमा पाए । होसमा आउँदा मृत्युबाट फेरी बौरिएर आएको अनुभूति गरे । होसमा आउँदा उनको वरिपरि डाक्डरहरुको समूह थ्यो । उनीहरु भन्दै थिए रे – यहाँ उपचार सम्भव छैन ईन्डिया लानुस् । आगोले पोलेर छटपटाइ रहेका उनलाई घरिघरि यी सबै घटना सपना जस्तो पनि लागिरहेको थ्यो, किनकि उनको त्यसबेला पनि पूरा चेत खुली सकेको थिएन । परिवारका सदस्यहरु कतिपय त्यहाँ आएर उनको स्थिति हेर्न समेत डराउँथे । अनुहार, शरीर सबै जलेको थ्यो । यस्तो बिभत्स अवस्थामा उनका खड्गी भाई सहयोगी बने । उनले नै हेरचाह गरे उनका मित्र राम बहादुर जिम्बाले पनि सक्दो सहायोग गरे । उनका गुरु लोक गायक सुन्दर श्रेष्ठ (गायक रेशम फिरिरी) ले पनि निकै सहयोग गरे । सबैको सहयोगबाट उनले जीवन त फेरी पाए तर आधा शरीर कालो आधा शरीर गोरो भएकोले बिरुपमा जीवन बित्न थाल्यो । धेरैकासामु उनी छिछि दुरदुर समेत भए ।

    आधा शरीर कालो आधा शरीर गोरो हुँदाको पीडा
    मान्छे बाँचेर मात्र पनि नहुने, धेरै डढेका भागहरु पुरै कालो देखिएको थियो भने बाँकी शरीरका आधाउधी भागहरु श्यामवर्ण कै थियो । यसबीच सामाजिक जीवनमा धेरै नसुन्ने कुराहरु सुने, अपहेलना पाए, खिसिट्युरी सहे, धेरैले जिस्काए उनको बाहिरी त्वचाको रङ्ग रुप देखेर । अन्ततः उनी घर परिवार साथीभाई आदिको सहयोग बटुलेर छाला सम्बन्धि बिशेषज्ञ कहाँ पुगे, भारतको भेल्लोर । त्यहाँ उनको उपचार तथा कालो र सेतो देखिएको भागलाई एउटै रङ्गको बनाउनु पर्ने समस्या लिएर गएका थिए । त्यो कार्य अरु डाक्डरहरुले गर्न नसक्ने बताउँदा बताउँदै भेल्लोरका डा. यादवले रिक्स उठाएर उनको उपचार सुरु गरे । ८०–८१ दिनको उपचारपछि उनको शरीरमा केहि परिवर्तन आयो, छाला पहिलाको रुप रङ्गमा त आउन सकेन तर पहिलाको श्यामबर्ण गहुँ गोरो छाला पुरै सेतो छालामा रुपान्तरण भयो, डढेका भागहरु पनि सेतो छालाका रुपमा बदलाव आयो । त्यस हस्पिटलमा समेत सबैमा खुशी ल्यायो यो उपचार पद्दतिले, एउटा प्रयोग त्यहाँ सफल भएको डाक्डर हरुले चर्चा गरे ।
    रेडियो नेपालमा हँगामा आगोले डढेर बिरूप देखिएका कलाकार एकराम श्रेष्ठ एक्कासी गोरो भएर आउँदा रेडियो नेपालमा निकै चर्चा भयो । साथीहरु पनि तिन छक्क परे । पहिला छुन गारो मान्ने, आफुले दिएको खाने कुरा नखाईदिने, खैनी माडेर कसैलाई दिंदा दिङमिङ् गर्ने कतिपयमित्रहरु समेत अब भने खुशी साथ ग्रहण गर्न थाले । त्यसबेला उनको मनमा एउटा प्रश्न खेलेको रैछ बेस्सरी– ’मानिस बाहिरी छालाको भ्रममा बाँचेको हुने रैछ, म त्यहि मानिस, हिजो मैंले माडेको खैनी नचल्ने, काटेर दिएको फलफुल नखाने, म सँग खुशीसाथ साथीभाइ समेत बोल्न गार्हो अप्ठ्यारो मान्ने, आज त्यहि मानिसको छाला गोरो हुने बितिकै ती समस्या समाधान हुने ! वा मानिस ! गज्जव रैछस् तँ, बाहिर छालामा पो अढेको रैछस है ।’ भित्रि मनको बेदनायुक्त भाव थ्यो यो । रेडियो नेपाल सङ्गीत शाखामा निकै ठुलो खुशी छायो । त्यसबेला रेडियो नेपालमा चौतारी कार्यक्रम प्रसारण हुन्थ्यो । त्यस कार्यक्रममा कलाकार एकराम श्रेष्ठ मादल, डम्फु, धिमे, खैजडी, खिं, ब्रासबेण्ड लगायतका बाद्ययन्त्र आवश्यकतानुसार बजाउँथे । त्यसका सन्चालक पाण्डव सुनवारले एकाएक एकरामको छाला परिवर्तन भएको देखेर कार्यक्रममै रेडियो नेपालका हाम्रा नेपाली अमेरिकन कलाकार भन्दै ठट्टा गरेछन्, सम्झन्छन् उनी । त्यो सुनेर गाउँबाट पहिलो पटक रेडियो नेपाल आएका कतिपय लोक गायक गायिकाहरुले साँचिकै अमेरिकन नै हो कि क्या हो भनेर आश्चर्य प्रकट पनि गरेका रहेछन् उनलाई । त्यो स्वाभाविक पनि थ्यो, किनकि उनको जिन्दगी पछिल्तिरको कथाब्यथा सबैलाई थाहा हुने कुरा पनि थिएन ।


    साँगीतिक यात्रा
    आमा भुन्टी माया तथा बुवा जयबहादुर श्रेष्ठका सुपुत्र एकराम श्रेष्ठ बिस. २०३९ सालमा रेडियो नेपाल प्रवेश गरेका हुन् । उनले रेडियो नेपाल आउनु अघि त्यसबेला राष्ट्रिय नाचघरमा समेत सहयोगी बाद्यबादककारुपमा मादल बादक खैजडी आदि बजाउँदै कर्मचारीकारुपमा निःशुल्क काम गरेका थिए । त्यसबाट अनुभव त केहि आर्जन गरे तर त्यसले उनको जीवन गाडी गुड्न सकेन । संयोग यस्तो जु¥यो उनको जीवनमा । त्यहि स्टेजको अघिल्तिर ड्यासमा निर्णायककारुपमा एकदिन अन्तरसंस्थान खुला आधुनिक गीतको प्रतियोगीताको क्रममा नेपाली संगीतका होनाहार हस्ती संगीतकार नातिकाजी र तारादेवीलाई पाए । उनका प्रिय मित्र रामबहादुर जिम्बा पनि सोहि कार्यक्रममा बाद्यबादकको भूमिकामा थिए । कार्यक्रमको सम्पन्न भएपछि यी दुबैले नातिकाजी र तारादेवीलाई रेडियो नेपालमा आफुहरुलाई बाद्यबादन गर्ने ठूलो सपना रहेको बताए । नभन्दै ३ घण्टासम्म निरन्तर उनीहरुको बाद्यबादन हेरेका नातिकाजी तारादेवीले रेडियो नेपालमा ती दुवैलाई बोलाए । मादलबादनमा दुबैले नातिकाजीलाई अघिल्तिर राखी अडिसन दिए । दुबैले लोक गायक सुन्दर श्रेष्ठ र शिशिर क्षेत्रीको निर्देशन बमोजिम मादलका विभिन्न बोलहरू सुनाए । रामबहादुर र एकरामले ढोलक र मादल कम्बाइन गरेर बजाउँदा नातिकाजीले जोडा निकै जमेको भनि प्रतिक्रिया दिए । दुई जनालाई एक एक दर्जन प्रश्नहरु पनि सोधे नातिकाजीले दुबैले उत्तर दिए । यी प्रश्नहरु बरिष्ठ बाद्यबादक युक्त गुरुङ्गले सोधेका थिए । पहिलो अडिसन मै पास भए दुवै जना । रेडियो नेपालमा यसरी बाद्यबादनको माध्यमबाट प्रवेश गरेका उनले बिस. २०३९ सालदेखि क्रमस ज्यालादारी, टेक बेसीस, करार, अस्थायीरुपमा काम गर्दै बिस.२०५० सालमा चौथो तहको बाद्यबादक पदमा नियुक्ती पाए ।

    लोकगीत गायन
    कलाकार एकराम श्रेष्ठले अहिलेसम्म ३ दर्जन भन्दा बढी लोक गीतहरु गाएका छन् । तीमध्ये छिन पिपल एक्लो बर, आयो बैंश गयो नि सरासर, यो जीवनमा छुट्यो मेरो हितैको साथी, दैव पनि घुम्दैछन् म माथि, चरी कोकले ज्यान मात्र सुकायो तिम्रै शोकले, दशैं आयो दुनियाँ रमायो, साथीसँग भेट हुन जुरायो, दाजु तपाईं परदेशी हुनु भो, घरमा आमा धुुरुधुरु रुनु भो, हे दाजु आउनु है फर्केर, नारायणी किनारमा, रेशमी रुमाल मेरो भिजि गयो पानीले, दोधारैमा पा¥यो नारायण गैरी गाउँकी सानीले, भिमफेदी पानी सलल, भेटी भयो बेली र बिन्दा छक्कै प¥यो मायाले नचिन्दा आदि चर्चित छन् ।
    लोक गीत संकलनः लाहुर जाने भो अब लगायत उनका १ दर्जन जति लोक गीतहरु समेत उनले संकलन गरेका छन् । त्यसमा खासगरी भोजराज काफ्लेका संकलनहरु छन् । शान्तिराम राई, जितेन राई, तिर्थ कुमारी थापा, आइसिंह लामा, तिर्थ गन्दर्भ, चन्द्रकला शाह, मधुबाबु थापा र आफ्नै संकलनमा पनि उनले लोक गीत गाएका छन् ।
    उनका जोश र जाँगर बटुलेर देशलाई उचाल, केहि गर युवा शक्ती खेर कहिलै नफाल लगायत आधा दर्जन उनका स्वदेशगान रहेका छन् । हरि उदासी, चन्द्रकला शाह, मधु बाबु थापा, भोजराज आदिका शब्दमा उनले स्वदेशगान गाएका छन् । ति गीत कतिपय एकल, कतिपय युगल र कतिपय सामुहिक पनि छन् । युगल गीत उनले मिना प्रसाईं लगायतका गायिकासँग गाएका छन् ।
    तस्बिर हेर्दा हेर्दै लोलायो आँखा मेरो बोलको एउटा मात्रै आधुनिक गीत उनले संगीत गरेका छन्, जसलाई प्रमोद लामीछानेले गाएका छन् । त्यस्तै भक्ति गरौँ शरणमा परेर, खुशी हौं मालश्री गाएर लगायत आधा दर्जन जति छन् । त्यसो त उनले ’चिलं देया दबु कुने मिया तगु ग्वा, हिसी दुम मैजु बाँला भतिचा हाकु ख्वा’ बोलको गीत लगायत ४÷५ वटा नेपाल भाषाका गीत पनि उनले आफैले गाएका छन् ।

    बाध्यबादनमा उनले राष्ट्रिय मूल भाषा लगायत राष्ट्र भाषाहरुमा समेत गरि बि.स. २०३९ सालदेखि हालसम्म रेडियो नेपालमा आधुनिक, लोक, दोहोरी, भजन, आदि गरि विभिन्न ५ हजार भन्दा बढी गीतहरुमा उनले खासगरी मादल, डम्फु, खैंजडी, खिं, धिमे, ढोलक, तबला, कंगो, बङ्गो लगायतका बाध्ययन्त्रहरु बजाएका छन् । पानको पात, सिमसिमे पानीमा, चलेछ बतास सुस्तरी, यो दाजुको मिर्मिरे आँखा, कलिलो तामालाई सोध रामालाई, कान्छी लाई घुमाउने काठमान्डू सहर, आयो नेपाली लौ आयो नेपाली, धेरै चोटी आँखा जुध्यो, हजार आँखा हेर्ने मेरी मायालु, मुटु जलिरहेछ, जहाँ छन् बुद्दका आँखा, झम्के फुली नाकैमा बुलाकी आदि गीतमा उनले नै मादल बजाएका हुन् ।
    नेपालका विभिन्न सहर बजारमा आयोजित सांगीतिक कार्यक्रमहरुमा उनले मादल लगायतका बाद्ययन्त्रहरु बजाएका छन् । रेडियो नेपालले आयोजना गरेको २०४६ सालको देशव्यापी सांगीतिक भ्रमणमा संगीतकार नातिकाजी शिवशंकर तारादेवीहरु संगै मादलबादनमा सहयोग पुर्याउन उनि यात्रामा जुटेका थिए । त्यस्तै विभिन्न समयमा पोखरा सुर्खेत , दिपायल, जनकपुर, धरान, धनकुटा, बुटवल, गुल्मी, नारायणघाट , हेटौडा लगायत विभिन्न पांचतारे होटलहरुमा समेत साँस्कृतिक कार्यक्रम गरे । बिदेशमा भने उनले एकपटक यात्रा गर्ने अवसर पाएका छन् बि.स. २०४५ सालमा । १० जनाको सांगीतिक टोलीमा उनी एक्ला मादलबादक थिए त्यहाँ । त्यहाँ हङकङबासी लोकगीत प्रेमीहरुलाई आफ्नो मादलको तालमा नचाए ।
    जीवनमा धेरै पटक दुःख कष्टहरुसँग जुझे, कति परिवारका सदश्यहरु गुम्दाका पिढा उनि भुल्न सक्दैनन । मृत्यु अवसम्भावी नै छ तर पनि ३० वर्ष सँगै यात्रा गरेका आत्मिय मित्र बाँसुरीबादक, कलाकार रामबहादुर जिम्बालाई केहि समय अघि गुमाउँदाको पीडाले भने उनको जीवनलाई नै मर्माहत तुल्याएको छ ।
    लेखकः रेडियो नेपालका उपनिर्देशक एवं वरिष्ठ संगीतकार तथा गायक हुनुहुन्छ ।
    म्यूजिकखबर पाक्षिकबाट साभार

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो