मार्मिक गीत ‘तिमीले त माया मार्यौ’ सार्वजनिक (भिडियो)

    [likebtn]

    भाद्र २८, काठमाडौं । मानिसहरु माया प्रेममा परेपछि एकले अर्काको खुसीको लागी जस्तोसुकै समर्पण गर्न पनि तयार हुन्छन् । हुन पनि उनीहरुले सँगै मर्ने बाँच्ने मात्र नभई बिछोडिने दिन नै आए पनि एकले अर्काको खुसीमा रमाउँने कसम खाएका हुन्छन् । यो व्यवहारतः सम्भव होला या नहोला त्यो सबै मान्छेको भोगाईमा भर पर्छ तर यहाँ एक युवतीले माया मारेपछि अर्का युवाको बेहाल भएको छ । अति नै माया गर्ने जोडी हो राजु श्रेष्ठ र नमिता राईको ।

    उनीहरु हरेक ठाउँमा सँगै हुन्छन् तर एक दिन दैव निष्ठुरी भई दिन्छ र उनीहरु सवार मोटरसाईकल दुर्घटनामा पर्छ । हेर्ने मान्छेहरुको भिडबाट निस्किन्छन् अस्विन नेपाली । उनले बेहोस नमितालाई त्यहाँबाट उठाउँछन् तर राजुलाई उठाउने कोही हुँदैन । प्रेमिकालाई उठाएर राजुलाई किन त्यहीँ छोडे त अस्विनले ? यो थाहा पाउँन भने पुरा भिडियो नै हेर्नु पर्ने हुन्छ ।

    मिठो स्वरको जादु समेत छर्न सफल मनोज राज सिवाकोटीको शब्द तथा संगीत र सिद्धान्त परियारको स्वरमा एउटा अत्यन्तै मार्मिक गीतको भिडियो सार्वजनिक भएको छ । रामकृष्ण चौलागाईको छायाँकन एवम शक्ति प्रज्जवल घिमिरेको सम्पादन रहेको तिमीले त माया मा¥यौ रे बोल रहेको उक्त गीतको भिडियोको निर्देशन रोशन सेवकले गरेका छन् । भिडियोमा राजु श्रेष्ठ, नमिता राई र अस्विन नेपालीले दमदार अभिनय गरेका छन् ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो