मिस लिटिल नेवाः को अडिसन सम्पन्न

    [likebtn]

    काठमाडौं । नेप्लिज फेशन होमले आयोजना गर्ने ११ औं संस्करणको ‘मिस लिटिल नेवाः’ को अडिसनबाट ४० जना प्रतिस्पर्धि अन्तिम प्रतियोगिताका लागि छनोट भएका छन् । आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरका अनुसार लिटिल नेवाः का लागि ७० जनाले अडिसन दिएका थिए ।

     

    लिटिल नेवाः को अडिसनमा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, बनेपा तथा स्याङ्जाका प्रतिस्पर्धिहरुले सहभागिता जनाएका छन् । मिस लिटिल नेवाःमा यसपटक पनि ९ वर्षदेखि १३ वर्ष उमेर समुहका नेवार समुदायका बालिकाहरूले सहभागिता जनाइरहेका छन् । मिस लिटिल नेवाः का लागि छनोट भएका प्रतिस्पर्धीहरूको मनोविज्ञानको विकास गर्नका लागि राजधानी बाहिर केही जिल्लाको स्थलगत भ्रमण, नेवारहरूको जातीय पहिचान, संस्कृति र परम्पराको जगेर्ना तथा भाषा उत्थानलगायत विभिन्न विषयमा तथा प्रशिक्षण दिइने छ ।

    प्रशिक्षणकै क्रममा उनीहरुलाई आगामी घटस्थापनाको दिन काठमाडौंको बसन्तपुरस्थित कुमारी घर प्राङ्गणमा कुमारीको दर्शन गराउनुका साथै सवा लाख बत्ती बाल्ने तथा नेवाः भोजको सहभागि गराइने छ । प्रशिक्षणका क्रममा मिस नेवाः सुनिता डंगोलले नेपाल भाषाबारे जानकारी दिने छिन् भने कोरियोग्राफर रोहिया महर्जन तथा आयोजक संस्थाकी प्रमुख मानन्धरले सहभागीहरूको आत्मविश्वास बढ्ने किसिमका प्रशिक्षण दिने छन् ।

     

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो