नायिका घिमिरे अब गायिका पनि

    [likebtn]

    भाद्र २८, काठमाडौं । नायिका सारिका घिमिरे अब गायिका पनि भएकी छिन् । उनको स्वरमा रहेको पहिलो एल्वम मोहनीका साथ पनि श्रोता माझ आएकी छिन् । आज राजधानीमा एक कार्यक्रमका विच संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, वरिष्ठ पत्रकार तथा गितकार शान्तिप्रिय, वरिष्ठ गायिका संगीता राना, वरिष्ठ संगीतकार राजु शाह, चर्चित संगीतकार सन्तोष श्रेष्ठ, अर्जुन पोखरेल, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारीले मोहनी एल्वमको लोर्कापण गरेका छन् ।

    यस एल्वम भित्र चार वटा गीत संग्रहित रहेका छन् । के देखेर माया लगायौं, मुलको पानी, छमछम, सान्नानी रहेका छन् । यस गीतको दुई गितमा गायिका घिमिरेको शब्द रहेको छ भने एउटा गीतमा संंगीत पनि भरेकी छिन् । अभिनय क्षेत्रमा सक्रिय रहेकी घिमिरेको पहिलो प्रयासलाई अतिथि, पत्रकारहरुले खुलेर प्रशसा गरेका थिए ।

     

    उनको संगीत क्षेत्रमा उज्जवल भविष्य रहेको र मेहतनका साथ अघि बढ्ने शुभकामना दिएका थिए । उक्त कार्यक्रममा एल्वममा संग्रहीत के देखेर माया लगायौं गीतको भिडियो सार्वजनिक  गरिएको थियो । भिडियो सम्पादक भरत रेग्मीको कामको सबैले प्रसंशा गरेका थिए ।  दिपज्योती थापाले  कार्यक्रम सञ्चालन गरेकी थिइन । गीतलाई छायाँछवि क्रियशनले बजारमा ल्याएको छ ।

    के देखेर माया लगायौं :

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो