पोखरामा पोखिए रोदनका मुक्तक

    [likebtn]

    पोखरा । आफूलाई साहित्यकाका विविध आयाममा सक्रिय बनाउदै आएकी साहित्यकार, गजलकार एवं मुक्तककार रश्मि रोदनले पोखरा तताएकी छिन् । मुक्तक मञ्च पोखराको आयोजनामा पोखराको न्यूरोडमा सम्पन्न कार्यक्रममा करिव दुई दर्जन मुक्तक सुनाउदै रश्मि रोदनले पोखरा तताएकी हुन् । विशिष्ट अतिथिको रुपमा पोखरा पुगेकी रश्मिले प्रेम सप्ताहको यस अवसरमा अधिकांश मुक्तक प्रेमिल सुनाएकी थिइन् भने सामाजीक एवं सौन्दर्य – प्रेमका मुक्तक उनले वाचन गरेकी थिइन् । रिडर्स क्लबको भरिभराउन हलमा खचाखच दर्शकले ‘वान्समोर! र ताली वजाएको बजाऐ गरेका थिए ।


    तिम्रो नयन सजाउने काजल हुन मन छ ।
    प्यारको वर्षा गराउने बादल हुन मन छ ।
    डुब्न देउ न सानु तिम्रो जादुमय वदनमा
    हराउदै तिम्रो यादमा पागल हुन मन छ ।

    यी र यस्तै मुक्तक मार्फत पोखरेली श्रोताहरुको मन जित्न सफल भएकी रश्मिले आफ्नै परिचय समेत मुक्तकबाट दिएकी थिइन् । पोखराको सौन्दर्यलाई समेत मुक्तकमा उतारेकी रश्मि सँगै स्याङ्जाका एस पी असफलले पनि मुक्तक विशेष रुपमा सुनाएका थिए । साथै फुटकर रुपमा पोखराका विभिन्न मुक्तककारहरुले मुक्तकहरु सुनाएका थिए । मुक्तक मञ्च पोखराको ११७ औं श्रृङ्खलामा प्रान्जलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार