नवीन विभासको ‘रोल्पा सुइना’ को चर्चा !

    [likebtn]

    पोखरा । कथाकार नवीन विभासको कथाकृति ‘रोल्पा सुइना’को शनिबार पोखरामा चर्चा गरिएको छ ।

    ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालको नियमिति कार्यक्रमको ८२ औँ शृङ्खलामा विभासको कृतिमाथि उपन्यासकार तथा समालोचक नेपालप्रकाश अधिकारीले चर्चा गर्नुभएको थियो । अधिकारीले जनयुद्धलाई मूल आधार मानेर लेखिएको कृतिले रोल्पाली सपना उतारेको बताउनुभयो । उहाँले प्रगतिवादी फाँटका नयाँ चमकका रुपमा विभासलाई चिनाउँदै १० वर्षे द्वन्द्व र द्वन्द्वपछिका वस्तुस्थिति बुझ्न कृति पढ्नुपर्ने सुझाउनुभयो । कलात्मक र पठनीय शैलीशिल्पले युक्त कृतिले नेपाली प्रगतिवादी साहित्यमा स्मरणीय छाप राख्ने तर्क गर्दै अधिकारीले नेपाली राजनीतिक परिवर्तन र जनअपेक्षाको प्रतिबिम्ब रोल्पा सुइनामा पाइने बताउनुभयो ।

    कथाकार विभासले आफूलाई समाजले नै लेखक बनाएको बताउनुभयो । कथा भन्ने परम्पराबाट गुज्रिँदै समाजकै कथा लेख्ने क्रममा रोल्पा सुइना जन्मेको बताउनुभयो । अग्रज कथाकारहरुले हिँडेकै बाटो हिँड्न मन नपर्ने बताउँदै कथाको पनि नयाँ बाटो हिँड्ने चाहनामा किताब लेखेको उहाँले बताउनुभयो । पत्रकारितामा समेत क्रियाशील विभासले राजनीतिक बिटमा द्वन्द्वका रिपोर्टिङ गर्दा समाचारका रुपमा आउन नसकेका पात्रहरुलाई कथाका माध्यमबाट प्रस्तुत गरेको बताउनुभयो । विभासका यसअघि आधा बाटो हिँडेपछि (कथा सङ्ग्रह), मौसमका हरफहरु (कविता सङ्ग्रह), उनका गजल (गजल सङ्ग्रह), रात पनि ऐंठन परेको रातमा (निबन्ध सङ्ग्रह) लगायतका कृतिहरु प्रकाशित छन् । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको रोल्पा सुइनामा ३७ ओटा कथाहरु सङ्गृहीत छन् ।

    सम्पूर्ण उपस्थित पाठकहरुलाई अध्यक्षता गराइएको कार्यक्रमको सञ्चालन सचिव अनुपमणि अधिकारीले गर्नुभएको थियो । उपाध्यक्ष रुपिन्द्र प्रभावीको स्वागतमा भएको कार्यक्रममा गनेस पौडेल, दीपक पराजुली र सुरेश रानाभाटले टिप्पणी गर्नुभएको थियो ।

    आगामी चैत २४ गते शनिबार कवि विनोदविक्रम के.सी.को एकल कविता वाचनसँगै गुरुङ सुशान्तले कविताहरुमाथि चर्चा गर्नुहुने अध्यक्ष केशवशरण लामिछानेले जानकारी दिनुभयो ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार