ओम माने पेमेका भोकलिष्ट गायक राजुले बेलायतमा प्रस्तुति दिदै

    [likebtn]

    फागुन २८, काठमाडौं ।

    नेपाली गित संगीतको सम्बहाक बनेर दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेको पुरानो ब्याण्ड ओम माने पेमेका भोकलिस्ट चर्चित गायक राजु राजबहाक यहि आउदो मार्च १७ तारिखमा बेलायतको एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा हुने सांगीतिक कार्यक्रममा आफ्नो धमाकेदार प्रस्तुति दिन बेलायत जाने भएका छन् । बेलायतको थर्ड आइटिमले आयोजना गर्न लागेको ‘रुम्जाटार गुम्बा च्यारिटी नाइट २०१८’ मा आफ्नो प्रस्तुति दिन जान लागेका गायक राजु राजबहाक नेपालि सांगीतिक क्षेत्रका हस्ती मानिन्छन ।

    “मेरो बुद्धको कसम तोड्दिन तिमिलाइ नलगी छोड्दिन“ “फुल्चोकिको डाडा मुनि गोदावरी बन“ “मेरी सासुकी छोरी“ लगायतका दर्जनौ चर्चित गीतहरु गाएर लाखौ संगीतप्रेमीहरुको मन मुटुमा बस्नसफल ब्याण्ड ओम माने पेमेका भोकलिस्ट सुमधुर आवाजका धनि गायक राजु राजबहाक लामो समयको अन्तराल पछि सांगीतिक क्षेत्रमा पुन फर्केका हुन् । करिब १७ बर्ष पछि सांगीतिक क्षेत्रमापुनरागमन गरेको ओम माने पेमे ब्याण्ड तथा ब्यान्डका गायक राजु राजबहाकको आजकल व्यस्तता समेत बढ्दै गएको छ । कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर करडौ संगीतप्रेमी नेपालि दर्शक श्रोताहरुको प्रिय बनेको ब्याण्ड तथा यसका भोकलिस्ट राजु राजबहाक अहिले पनि त्यतिकै चर्चामा रहेका छन् । विभिन्न सास्कृतिक कार्यक्रम, मेला महोत्सब तथा अन्यकार्यक्रमहरुमा व्यस्तता बढाउदै गएको उक्त ब्याण्डले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाउदै गएको छ ।

     

    लामो समय पछिको सांगीतिक पुनरागमन तथा नेपाली संगीत प्रेमीहरुको अथाहा माया बाट हौसिएका गायक राजु राजबहाक भविष्यमा आफ्नो जिबन संगीतमा नै समर्पण गदै अझ राम्रा राम्रा प्रस्तुतिलिएर आउने बताउछन िसंगीतलाई राम्रो संग नजिक बाट बुझेका तथा दर्शक श्रोताहरुलाई मनोरंजन दिएर नचाउन माहिर गायक राजबहाक समयको परिबर्तनसंगैसंगीतलाई पनि आम दर्शकश्रोताहरुको रोजाइ अनुसार परिमार्जन गर्दै लैजाने बताउँछन ।

    बेलायतको एल्डरसट ह्याम्पसायर स्थित अम्पायर ब्यान्क्वेट हलमा हुने उक्त भब्य कार्यक्रममा ओम माने पेमे ब्याण्डका चर्चित गायक राजु राजबहाकको साथमा बरिष्ट गायक आनन्द कार्की, मीराराणा, सुकमित गुरुङ, मीनादेवी निरौला पोखरेल, गायिका धन कुमारी थापा (सरु), रवि डंगोल, श्याम अर्याल, नायिका नम्रता योगी र मौषमी गुरुङ रहेका छन ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार