यस वर्षको ‘राष्ट्रिय मुक्तक पुरस्कार’ सरुभक्तलाई प्रदान गरिने !

    [likebtn]

     

    पोखरा । यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कार मुक्तककार सरुभक्तलाई प्रदान गरिने भएको छ । मुक्तक विधामा नेपालमै पहिलो पटक साहित्यकार विष्णु अल्पविरामद्वारा स्थापित र मुक्तक मञ्च पोखराद्वारा सञ्चालित पुरस्कार यस पटक सरुभक्तलाई दिइने आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    मञ्चका अध्यक्ष प्राञ्जलले ११ हजार १११ रुपैयाँ रहेको पुरस्कारको राशी यस वर्षबाट बढाएर रु. २२ हजार २२२ रुपैयाँ नगद, ताम्र पत्र र दोसल्ला प्रदान गरिने जानकारी गराउनुभयो । संस्थापक अल्पविरामले पुरस्कारको अक्षयकोष सकेसम्म बढाउँदै जाने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । नेपाली मुक्तकको विकास र लेखनका लागि सरुभक्तको महत्त्वपूर्ण योगदानको कदर गर्दै उहाँलाई पुरस्कार प्रदानका लागि सिफरिस गरिएको प्रतिभा छनोट समितिका संयोजक दीपक समीपले जनाउनुभयो ।

     

    कविता, नाटक, गीत, गजल, उपन्यास र कथाका ३ दर्जनभन्दा बढी कृतिका लेखक सरुभक्तको पहिलो कृति ‘बन्द खामभित्र’ (२०३५) पोखराकै पहिलो मुक्तक सङ्ग्रह हो । उहाँका हजार बुद्धहरु (२०६१) र प्रेमयात्रा (२०६७) सहित ३ मुक्तक सङ्ग्रह प्रकाशित छन् । उहाँको पागल बस्ती उपन्यासले २०४८ को मदन पुरस्कार प्राप्त गरेको थियो । वि. सं. २०१२ भदौ तिजमा पोखराको बागबजारमा जन्मनुभएका सरुभक्त हाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति हुनुहुन्छ । सिर्जनाको मूल्य खोज्ने कार्यक्रम टिकटमा मुक्तक सञ्चालनमा पनि सरुभक्तको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

     

    मञ्चका सल्लाहकार दीपक समीपको संयोजकत्वमा रुपिन्द्र प्रभावी र सन्जीव पौडेल सदस्य तथा अध्यक्ष प्राञ्जल र पुरस्कारका संस्थापक विष्णु अल्पविराम पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा मञ्चले सरुभक्तलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि पुरस्कारबाट कृष्णप्रसाद पराजुली र रत्नशमशेर थापा सम्मानित भइसक्नुभएको छ । मुक्तकको लेखन, विकास वा अनुसन्धानमा लागेका संस्था वा व्यक्तिलाई हरेक २ वर्षमा पुरस्कार प्रदान गरिँदै आएको छ ।

    पुरस्कार पोखरामा हुने ३ दिने मुक्तक महोत्सवका अवसरमा अर्पण गरिने मञ्चले जानकारी दिएको छ । मञ्चले चैत २२ देखि २४ गतेसम्म पोखराको सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसमा ३ दिने मुक्तक महोत्सव २०७४ आयोजना गरेको छ । रोट¥याक्ट क्लब अफ् हेमजाको सहआयोजनामा हुने महोत्सवमा मुक्तक गोष्ठी, पुस्तक परिचर्चा, मुक्तकका पुस्तक प्रदर्शनी, राष्ट्रिय मुक्तक पुरस्कार हस्तान्तरण, मुक्तकको सैद्धान्तिक बहस, मुक्तक सङ्ग्रह विमोचन र नेपालका विभिन्न जिल्लाका अग्रज तथा नयाँ पुस्ताका गरी ४० भन्दा बढी मुक्तककारहरुका मुक्तक वाचनलगायतका कार्यव्रmम हुने अध्यक्ष प्राञ्जलले जानकारी दिनुभयो । महोत्सवको सफलताका लागि प्रायोजकहरुको खोजी भइरहेको आर्थिक उपसमितिकी संयोजक गौरी तमुले जानकारी दिनुभयो ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो