काव्य श्रृंखलाको ६औँ सिलसिला सम्पन्न

    [likebtn]

    छायाँछवि क्रियशनको आयोजनामा छायाँछवि काव्य श्रृंखलाको छैठौं सिलसिला सम्पन्न भएको छ । शनिबार बागबजारको सिटिम्याक्समा आयोजित समारोहमा प्रसिद्ध साहित्यकार एवं रेडियोकर्मी नवराज लम्साल तथा अभिनेत्री शोभिता सिंखडाको विशेष आतिथ्यतामा छायाँछविले छैठौें काव्य श्रृंखला सम्पन्न गरेको हो । छायाँछवि काव्य श्रृंखलाका अध्यक्ष एवं वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियले कार्यक्रमको सुत्रधारका रुपमा प्रस्तुत हूँदै कार्यक्रमको प्रमुख उद्देश्यमाथी प्रकाश पारेका थिए ।

     

    प्रियले आफ्नो मूल उद्देश्य साहित्यीक क्रियाशिलताका माध्यमबाट केही न केही साहित्यिक रुपमा बिकाश गर्नु नै बताए । कार्यक्रम संयोजक रश्मि रोदनले कार्यक्रमबारे प्रकाश पार्दै उपस्थित साहित्यकार एवं चलचित्र तथा संगीतकर्मीलाई स्वागत मन्तब्य राखेकी थिइन् । मन्तव्य राख्दै रोदनले साहित्य, संगीत र चलचित्रको त्रीवेणीलाई एकीकृत गराउने प्रयास स्वरुप छायाँछवि काव्य श्रृंखला आयोजना गरिदै आएको बताइन् ।

     

    यस पटकको कार्यक्रम धादीङ बिशेष थियो । कार्यक्रमकी संयोजक रश्मि रोदन धादीङकै थिइन् भने कार्यक्रमका बिशिष्ट अतिथिद्वय नवराज लम्साल तथा शाभिता सिंखडा एवं काब्य वाचनकर्ताद्वय यात्री प्रकाश पाण्डे तथा अमृता स्मृति सबै धादीङकै थिए । कार्यक्रमको यस श्रृंखलामा गजलकार यात्री प्रकाश पाण्डेले गजल बाचन गरेका थिए भने कवयित्री अमृता स्मृतिले कविताहरु सुनाएकी थिइन् । वाचन गरिएका श्रष्टाका श्रृजनामाथी विशेष अतिथी नवराज लम्सालले समिक्षा गरेका थिए ।

     

    साथै कार्यक्रमको आयोजना आफूलाई निकै मन परेको एवं छायाँछविले उत्कृष्ट कार्य गरेको टिप्पणी गरेका थिए । त्यस्तै कार्यक्रमकी विशेष अतिथी चलचित्र अभिनेत्री शोभिता सिंखडाले आफू यस्तोखाले लोकप्रिय साहित्यिक कार्यक्रममा आउन पाएकोमा खुशी व्यक्त गरेकी थिइन् । साथै सिंखडाले आफूले पनि उपन्यास वराङ्गना लिएर आउन लागेको बताइन् । कार्यक्रमका श्रष्टाद्वय यात्री प्रकाश पाण्डे र अमृता स्मतिले आफूलाई छैठौं सिलसिलामा चयन गरिएकोमा आभार व्यक्त गरेका थिए ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो