श्रृङ्खलाको पोल्टामा ‘मिस नेपाल’को उपाधि

    [likebtn]

    काठमाडौं– यो बर्षको ‘मिस नेपाल वल्र्ड’को उपाधि खतिवडा ले जितेकी छिन् । प्रतिस्पर्धामा सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’

    यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

    यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । साथमा, उनले नगद १ लाख नगद पनि प्राप्त गरिन् ।

    प्रतियोगीतामा ‘मिस नेपाल अर्थ’को उपाधि प्रिया सिग्देलले जितिन् । उनलाई ‘मिस नेपाल अर्थ–२०१७’की विजेता रोजिना श्रेष्ठले क्राउन लगाइदिइन् । उनले ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् भने नगद प्राप्त गरिन् । उनले नगद १ लाख पुरस्कार पनि प्राप्त गरिन् ।

    यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनलाई सन् २०१७ कि ‘मिस नेपाल इन्टरनेशनल’ नीती शाहले क्राउन लगाइदिएकी थिइन् । उनले एक लाख नगद पुरस्कार समेत जितिन् । साथै, उनले ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व समेत गर्नेछिन् ।

    द हिडेन ट्रेजरले आयोजना गरेको यस बर्षको ‘मिस नेपाल २०१८’मा सुनिल शाक्य, भावना घिमिरे, रविन्द्र मिश्र, अशिष्मा नकर्मी, श्रीहर राना, प्रतिष्ठा अमात्य बिष्ट, दीपक बिष्ट, निकिता पौडेल, इभाना मानन्धर र राजुविक्रम शाह निर्णायकको रुपमा रहेका थिए । काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको ‘मिस नेपाल’मा २५ जनाले प्रतिस्पर्धा गरेका थिए ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो