उद्योग संघमा सूर्य मगरको नेतृत्व निर्विरोध

    [likebtn]

    २९ चैत, काठमाडौं । नेपाल संगीत उद्योग संघमा सूर्य मगरको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । संघको १८ औं वार्षिक साधरणसभाको अवसरमा भएको उक्त चुनावी सभामा संघको सम्पूर्ण पदमा दिइएको उम्मेदवारीमा कसैको पनि दाबी विरोध नपरेकोले ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित हुन पुगेको हो ।


    अध्यक्षमा सूर्य मगर निर्वाचित भएका छन् भने उपाध्यक्षमा लक्ष्मण हुमागाईं निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा खगेन्द्र याक्सो, सचिवमा उमेश गुरुङ र कोषाध्यक्षमा मेघराज मग्राती निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा हरिमाया गुरुङ, रुकमान लिम्बू, नवराज जंग थापा, ललिता के.सी., लीला बुढाथोकी र जित बहादुर राउत रहेका छन् ।
    राष्ट्रियसभा सदस्य गायिका कोमल वलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा उद्योग वाणिज्य संघका सुनिल श्रेष्ठ, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, रोयल्टी अनुगमन समितिका संयोजक महेश खड्का, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्मा, गीतकार संघ नेपालका उपाध्यक्ष भरत बमजन लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि गायिका वलीले संसदमा भएको मेरो प्रतिनिधि समग्र संगीत उद्योगको रहेको बताएकी थिइन् । वलीले अब बन्ने समृद्ध उद्योगमा गीतसंगीतको क्षेत्रलाई पनि समृद्ध बनाउन आफूले सकेको पहल गर्ने बताउँदै निर्वाचित कार्यसमितिलाई शुभकामना एवं बधाई दिएकी थिइन् ।
    त्यसैगरी उद्योग संघका निर्वाचित अध्यक्ष सूर्य मगरले गोपाल योञ्जनबाट सुरु भएको उद्योग संघको इतिहासलाई उचाइमा पु¥याउन र समग्र गीतसंगीत क्षेत्रको प्रतिनिधित्व गर्दै हक अधिकारका स्थापित गर्न आफू तत्पर रहने बताएका थिए ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो