निलमलाई टोपी लाउने मन परेपछि (भिडियो)

    [likebtn]


    ३० चैत, काठमाडौं । संगीतकार तथा गायिका निलम रोजी राईले ‘हजुरले लाएको टोपी मन प¥यो’ बोलको गीत तथा भिडियो ल्याएकी छन् । नयाँ वर्षको मौका छोपेर गीतकार समेत रहेकी निलमले भिडियो सार्वजनिक गरेकी हुन् ।

     

    ‘मलाई हजुरले लाएको टोपी मन प¥यो’ बोलको गीतको शब्द, संगीत र स्वर निलमले दिएकी छन् । नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएकी निलमको संगीत त राम्रो छ नै, स्वर पनि उत्तिकै मिठास र माधुर्य छ ।

     

    शब्द पनि उत्तिकै राम्रो लेख्छिन् निलम । गीति रचना, संगीत र गायनलाई एकसाथ अँगालेर निलमले आफूलाई नेपाली संगीत क्षेत्रको ‘निलम’ नै सावित गर्ने प्रयास गर्दै आएकी छन् । सार्वजनिक भिडियोलाई कमल राईले निर्देशन गरेका हुन् भने छायांकन युवराज राईले ।

     

    प्रेम तथा राष्ट्रभावना मिश्रित यस भिडियोमा दक्षकुमार राई, ऋचा थापा, निर्मला पुलामी मगर र देविकाश्री मगरले अभिनय गरेका छन् । यस भिडियोका निकै मिहिनेत गरेको गायिका तथा संगीतकार निलमले सुनाइन् ।


    दक्ष फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको यस भिडियोलाई निलमले आफ्नै अफिसियल यु–ट्युब च्यानलमार्फत रिलिज गरेकी हुन् । भिडियो रिलिजपछि उनले भनिन्, ‘नेपालीहरुको नयाँ वर्षको अवसरमा शुभकामना स्वरुप यो भिडियो ल्याएकी हुँ ।’ उनले भिडियो हेरेर कमेन्ट तथा प्रतिक्रिया दिन समेत दर्शक तथा श्रोतामाझ आग्रह गरेकी छन् ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो