गायिका मेलिना राईलाईको ‘आँखा लाउँछन्….’

    [likebtn]

    काठमाडौं– गीतकार अम्बिका गुरुङले आफ्ना स्रोता तथा दर्शकहरुलाई नयाँ वर्ष २०७५ को पहिलो दिन नै एउटा सांगीतिक कोशेली दिएकी छिन् । गीतकार गुरुङले नेपाली नयाँ वर्षको पहिलो दिनमै अमेरिकाबाट आफुलाई माया गर्ने श्रोता दर्शकलाई उपहार दिएकी हुन् ।

    लोकप्रिय गायिका मेलिना राई तथा गायक विरेन्द्र श्रेष्ठको स्वरले सजिएको ‘आँखा लाउँछन्….’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गीतकार गुरुङ दर्शक तथा स्रोतामाझ आएकी हुन् । उक्त गीतको म्युजिक भिडियो भावसागर इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

    धुलिखेलका आकर्षक लोकेसनमा छायांकन गरिएको उक्त गीतको भिडियोमा बाल कलाकार आयुश र अन्सुका साथमा अभिनेत्री सुप्रिया श्रेष्ठ र मोडल निपुन श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा राजिव समरको कोरियोग्राफी छ । सञ्चारकर्मी सञ्जय बरालले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।

    अमेरिकामा बस्दै आएकी कवयित्रित्री तथा गीतकार गुरुङले नयाँ बर्ष २०७५ को उपलक्ष्यामा सम्पूर्ण देश बिदेशमा रहनु भएका नेपाली दाजुभाई दिदी बहिनीहरुमा शुभकामना स्वरुप यो भिडियो दर्शक श्रोता माझ सम्पिनु भएको हो ।
    गायक विरेन्द्र श्रेष्ठले पनि नयाँ बर्षको अवसरमा शुभकामना सहित नयाँ भिडियो ल्याएको भन्दै दर्शक श्रोतालाई नेपाली गीत संगीतलाई माया गरीदिन आग्रह गरेका छन् ।

    शंकर थापाद्वारा संगीतबद्ध उक्त गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । साउण्ड मिल स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई बिकास धमलाले सम्पादन गरेका हुन् । बुद्ध थापाले उक्त भिडियो छायांकन गरेका हुन् ।

    Facebook comments

    Social Media

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार

    हामी नेपालीको दसैं पो सकियो , दसा त उस्तै छ व्यथा उस्तै छ। ईन्धन आपूर्ति भन्दा राष्ट्रपति उपराष्ट्रपति को दौड़ प्यारो भएपछि यस्तै हो