७० वर्षको इतिहासमा यसपाली नोवेल पुरस्कार नदिइने

    [likebtn]

    २२ वैशाख, काठमाडौं । नोबेल साहित्य पुरस्कार वितरण सुरू भएको ७० वर्षको इतिहासमा यस वर्ष पहिलोपटक उक्त पुरस्कार स्थगित गरिएको छ । यौनहिंसा विरोधी अभियानबाट सिर्जित संकट समाधान गर्न नसक्दा यस वर्षको नोबेल पुरस्कार स्थगित गर्नुपरेको बताइएको छ ।


    ‘हामीले पुरस्कार छनौटमा जनमानसको आत्मविश्वास पुनः प्राप्त गर्न अर्को पुरस्कृत व्यक्तित्वको चयन गर्नुपूर्व हामीले थपसमय समर्पित भएर लाग्नुपर्ने देखिएकोले यस वर्षको नोबेल साहित्य पुरस्कारलाई स्थगित गर्ने निर्णय गरेका छौं’, स्वीडिस एकेडेमीका अन्तरिम स्थायी सचिव एन्डर्स ओल्सनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् । उनले सन् २०१९ मा दुवै पुरस्कार एकैसाथ घोषणा गरिने बताए ।

    यौनहिंसा विरूद्ध विश्वव्यापी रूपमा चलाइएको ‘मि टु क्याम्पियन’ अन्तर्गत विभिन्न १८ महिलाले आफूहरू स्वीडेनी सांस्कृतिक क्षेत्रमा काम गर्ने प्रभावशाली व्यक्तित्व जाँ–क्लाउड अरनोल्टबाट बलात्कृत वा यौन आक्रमणमा परेको भन्ने बिषयमा स्वीडेनी पत्रिका डगेन्स निहेटरले बाहिर ल्याएपछि गत नोभेम्बरदेखि एकेडमी विवादमा तानिएको थियो ।
    एकेडेमीका सदस्य तथा कवयित्री कटरिना फ्रोस्टेनसनका फ्रान्सेली पति अर्नोल्टले आरोपको नियमित रूपमा खण्डन गर्दै आएकी छन् । एजेन्सी

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार