ट्रेलरमा झमक बहादुर, साउन १८ मा आउने

    [likebtn]

    २४ वैशाख, काठमाडौं । चलचित्र झमक बहादुरको ट्रेलर सार्वजनिक भएको छ । अनुपविक्रम शाही स्टारर चलचित्र ‘झमक बहादुर’को सोमाबार राजधानीमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो । चलचित्रको सिनेमाघरमा आउने मिति पनि तय गरिएको छ । अब यो चलचित्र साउन १८ गतेदेखि देशभरका सिनेमाघरमा आउने छ ।
    प्रतिनिधिसभामा सदस्य एवम् पूर्वडीआईजी नवराज सिलवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, वितरक गोपाल कायस्थलगायतका अतिथिहरु रहका थिए । अतिथिहरुले चलचित्रलाई बधाई दिनुका साथै नेपाली चलचित्रका बारेमा आ–आफ्नधा धारणा राखेका थिए ।


    नेपाली समाजको वास्तवीक चित्र झुपडीमा बस्ने र महलमा बस्नेबीचको द्वन्द्वात्मक कमडी चलचित्र रहेको छ ‘झमक बहादुर’ । चलचित्रका निर्माता मिनकुमार तामाङ हुनु भने निर्देशन भोमन कटुवालको रहेको छ । चलचित्रको केही समय पहिला सार्वजनिक गीत ‘आमैले भन्थे धाराको पानी….’ दर्शक÷स्रोतामाझ लोकप्रिय भइरहेको बेला चलचित्र निर्माण युनिटले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

    यूवि फिल्मस् ग्यालरी, दियालो इन्टरनेन्मेन्टको प्रस्तुति रहेको चलचित्र ‘झमक बहादुर’मा अनुपविक्रम शाही, यादव देवकोटा (सरापे), राजु कमेडी, सुजता थापा, कल्याण अधिकारी, कोनिका घिमिरे, नियोन गुरुङ, कला राई, प्रविन श्रेष्ठ, सुस्मा तामाङ, जित वस्नेतलगायतका रहेका छन् भने बालकलाकारमा जेशिका घिमिरे, दिलिशा गुरुङ रहेका छन् ।


    कोपिलाकुमारी डल्लाकोटी सहनिर्माता, अर्जुन खड्का प्रमुख सहायक निर्देशक, अशोक थापा सहायक निर्देशक, राजु किरातको द्वन्द्व, भोमन कटुवालको पटकथा, कल्याण अधिकारीको कथा, रोजन भुजेलको सम्वाद, राजन÷सूर्य÷सलिनाको कोरियोग्राफी, अनिलकुमार महर्जनको सम्पादन र संगीत बानियाको कलर संयोजन रहेको यो चलचित्रलाई पवन गौतमले छायाँकन गरेका छन् ।

    चलचित्रका गीतमा ओम सुनुवारको सङ्गीत, ओम सुनुवार, कविता श्रेष्ठ र मेलिना राईको स्वर छ भने गीतकार तिर्थ दामली (टुप्पी)को शब्द रहेको छ । प्रोडक्सन म्यानेजर राजु दाई रहेको चलचित्रका ट्रेलर डिजाइनर दीर्घ खड्का हुन् ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार