डिपी खनालको गीतमा प्रियंकाको धमाकेदार नृत्य ! हेर्नुहोस् भिडियो !

    [likebtn]

    वैशाख २६, काठमाडौं । पछिल्लो समय सांगीतिक बजारमा एकपछि अर्को लगातार नृत्यपरक तर फरक शैलीका स्वादमा फरकपनसहित गीतसंगीत दिंदै आएको टिम “डश म्युजिक” र चाम्लिङ ईन्टरटेइन्टमेन्टले फेरि पनि सबैलाई नचाउन नयाँपनको गीत लिएर आएको छ ।

    सबैको मन जित्नेखालको नयाँ गीत “फास्ट–फास्ट” (कल्पना) बोलको डान्सिङ बिटको गीतको म्युजिक भिडियो यूट्युबमार्फत सार्वजनिक गर्दै नायिका प्रियंका कार्की र सुनिल क्षेत्रीको साथमा नेपाली ठिटोलाई प्रस्तुत गरेको छ ।

    गायक शंकर थापा ‘स्माईल’ र गायिका सुमि चाम्लिङ राईको स्वरले भरिएको यो गीतमा पछिल्लो समयका व्यस्त गीतकार डि.पी. खनालको शब्द रचना रहेको छ भने प्रतिभाशाली संगीतकार एवं गायक शंकर थापा ‘स्माईल’को संगीत रहेको छ । त्यस्तै पछिल्लो समय फरकपन भित्र्याउन सफल संगीत संयोजक उदयराज पौडेल को संगीत संयोजन रहेको छ ।

    फास्ट फास्टमा अहिलेकी चर्चित नायिका तथा हालै एपीवान टेलिभिजनमार्फत प्रशारित रियालिटी शो “बुगिबुगी” कि निर्णायक प्रियंका कार्की र भारतीय टेलिभिजन शो डिआईडीबाट आफूलाई चिनाउन सफल कोरियोग्राफर तथा निर्देशक सुनिल क्षेत्रीको साथमा डान्स ग्रुप “नेपाली ठिटोज” को धमाकेदार नृत्य तथा अभिनय रहेको छ ।
    म्यूजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका छन् भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । सुनिल क्षेत्रीकै कोरियोग्राफी र निर्देशन रहेको यस गीतको अडियो भिडियो डश म्युजिक नेपाल र चाम्लिङ ईन्टेरटेईन्मेन्टको सहकार्यमा प्रकाशन गरिएको हो ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार