जुनी जुनीको कभरसङ कम्पिटिसन हुने

    [likebtn]

    २ जेष्ठ, काठमाडौं । केबीए ग्लोबल जुनी जुनीलाइ अनलाइन कभर संगस कम्पिटिसन २०७५’ को आयोजना गरिने भएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कभर कम्पिटिसनको बारेमा जानकारी गराइयो । संगीतकार टिका दाहालको संगीत तथा बिष्णुबाबु देबकोटाको शब्द रचनामा नेपाल आइडलका टप बार्हमा पुग्न सफल गायक राहुल बिश्वाश र गायिका सन्ध्या जोशीको स्वरमा रहेको जुनी जुनी बोलको गीतको कभर कम्पिटिसन आयोजना गर्न लागिएको हो । लामो समय देखि अस्ट्रेलियामा बस्दै आएका संगीतकार टिका दाहालको संगीतमा बनेको गीत निर्माणमा अस्ट्रेलियामा नै बस्दै आएका गणेश अधिकारी र प्रकाश ढुंगानाले सहयोग गरेका छन।

    पत्रकार सम्मेलनमा गीतकार बिष्णुबाबु देबकोटाले कम्पिटिसनको बारेमा जानकारी गराएका थिए । केबीए ग्लोबल एजुकेसनएण्ड माइग्रेसनका तर्फबाट ग्लोबल हेड तथा कन्ट्री मेनेजर ९नेपाल० रोशन क्षेत्रिले कार्यक्रमको उदेश्यबारे प्रकाश पारेका थिए । ६ बर्ष देखि एजुकेसन र माइग्रेसनको सेवा प्रदान गर्दै आएको केबीए ग्लोबलको संसारभर एघार वटा शाखा रहेका छन्।

     

    कम्पिटिसनमा प्रथम हुनेले नगद पचास हजार र एउटा गीत रेकर्ड र दोश्रो हुनेले नगद पच्चिस हजार सहित एउटा गीत रेकर्ड गर्ने अवसर प्राप्त गर्ने छन् । यो पुरस्कारको प्रायोजन केबीए ग्लोबल एजुकेसन एण्ड माइग्रेसनले गरेको छ ।

    कभर संगस कम्पिटिसनमा भाग लिन चाहनेले आफैंले गाएको तथा सफा देखिने गरि खिचिएको भिडियो पठाउनु पर्ने छ। प्रतियोगीले आफुले गाएको गीत जुनी जुनी लाइ फेसबुक पेजमा पठाउनु पर्ने छ । प्रतियोगीहरुले गीतलाइ एकल तथा युगल दुवै तरिकाले गाउन सक्नेछन् । यो प्रतियोगितामा सहभागिता जनाउनको लागि आजै बाट दुइ महिनाको अबधि तोकिएको छ ।

    Facebook comments

    Social Media

    आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???

    उत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???

    साफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो

    बुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्‍यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!

    साथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार